राष्ट्रिय पुस्तकालय निर्माण निर्वाध ढंगले अगाडी बढाइनेछः शिक्षामन्त्री

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढंगले अगाडी बढाउन पहल थाल्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित १६ औं पुस्तकालय दिवस २०८० को अवसरमा शिक्षामन्त्री राईले पुस्तकालय भवन निर्माणमा देखिएको बाधा अड्चनलाई हटाएर राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई अगाडी बढाइने बताउनुभएको हो । मन्त्री राईले पुस्तकालय निर्माणको काममा आइपरेका अवरोधलाई प्रकृयासंगत रुपमा अगाडी बढाइने बताउनु भयो । उहाँले अहिले युवाहरुमा पठन संस्कृतीको अभाव भएको भन्दै युग अनुकुल पुस्तकालयहरुलाई उन्नत गर्दै लैजानुपर्ने देखिएको बताउनु भयो । मन्त्री राईले केन्द्रिय पुस्तकालय निर्माण भनेर बजेट विनियोजन गरिएपनि निर्माण कार्यमा अवरोध सृजना भएको बताउनु भयो ।
मन्त्री राईले भन्नुभयो, ‘केही प्रश्न उठ्यो । केन्द्रिय पुस्तकालय किन नबनेको होला ? अरु धेरै धेरै चिज बनिसके । मैलेपनि बुझ्नै पर्ने गहिरो कुरो प¥याछ । म आउँदाखेरी समस्या टाँगिएको देखियो । पैसा त अहिलेपनि छुट्टिएको छ । साथीहरुले बताउनु भए अनुसार त्यो पैसा खर्च गर्न मिल्ने छैन रे । कानूनी व्यवधानहरु छन् रे । मुद्दा मामिला चल्यो रे । मन्त्रालयमा बजेटको ब्रिफिङ गर्ने बेलामा केन्द्रिय पुस्तकालय निर्माण भनेर पैसा छुट्टिएको छ । कहाँ बन्दैछ भन्दा त यो बनाउनै नमिल्ने अवस्थामा छ भन्ने कुरा आयो । केही प्रकृयाहरु पूरा गर्नुपर्ने रहेछ । सर्वोच्च अदालतको फैसलाले हामीलाई केही प्रकृया पूरा गर भनेर भनेको अवस्था रहेछ । त्यो प्रकृया पूरा गर्ने बेला टेबलमा फाइल आइपुग्यो भनेर सचिवज्युले मलाई भन्नुभयो । जे होस् केन्द्रिय पुस्तकालयको निर्माणको काममा जेजे अवरोधहरु छन्, बाधाहरु छन्, हामीलाई दिइएका जीम्मेवारीहरु छन् प्रकृया पूरा गर्नुपर्ने आदि इत्यादि, त्यो छिटो भन्दा छिटो पूरा गरेर बाधा अड्चनहरुलाई हटाएर केन्द्रिय पुस्तकालय निर्माणलाई निर्वाध ढंगले अगाडी बढाउने संकल्प यहाँहरु समक्ष म प्रश्तुत गर्न चाहन्छु ।’

उहाँले पुस्तकालय दिवसलाई काठमाडौं केन्द्रित नभएर पुस्तकालय भएका स्थानमा पनि मनाउनुपर्ने बताउनु भयो । पुस्तकालय दिवसले युवा पुस्तालाई ज्ञान आर्जन गर्न पुस्तक पढ्नुपर्छ भन्ने धारणाको विकास गर्न मद्दत पुग्ने शिक्षामन्त्री राईको भनाई छ । पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा गोदावरीकी रुक्मिणी चालिसे र पुस्तकालयकर्मी जोगप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments