काठमाडौंमा सडकमा साइकल चलाउने वातावरण छैनः हरिवंश आचार्य

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साईकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

काठमाडौं आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्र्यले शहरको नीति निर्माणमा साईकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताउनुभएको हो । उहाँले काठमाडौंमा सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताउनु भयो । आचार्यले स्वच्छ वायुका लागिपनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनु भयो । उहाँले मानव स्वास्थ्यका लागिपनि साईकल यात्रा उपयुक्त हुने बताउनु भयो । साईकलले प्रदुषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने भएकाले साईकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताउनु भयो । उहाँले सडकका नयाँ संरचनाहरु बनिरहेपछि साईकल लेन छुट्टयाउन कन्जुस्याँई गरिएको आचार्यको भनाई छ । उहाँले आफूसँग साइकल चलाउने सीप चएप्नि साईकल चलाउने ठाउँको अभाव हुँदा समस्या भएको बताउनु भयो ।
आचार्यले भन्नुभयो, ‘पहिलो सवारी साधन काठको बनाएको थियो रे । नेपालमा पनि साइकललाई सात लाख रुपैयाँसम्म पर्दोरहेछ । मानव निर्मित पहिलो सवारी साधन भएकाले यसलाई जति सम्मान गर्नुपर्ने हो, सुरक्षित तरिकाले संसारकै सुरक्षित सवारी साधनको प्रतिक भनेर मान्नुपर्ने हो त्यसको पालना गर्न सकेका छैनौँ । तर, म हरेक दिन एक घण्टा साइकल चलाउँछु । एक घण्टा साइकल नचलाईकन मलाई चित्त नै बुझ्दैन । तर, साइकल कहाँ चलाउँछुु कोठामा पाङ्ग्रा नभएको साइकल चलाउँछु । पसिना निकाल्छु, तर, मलाई साँच्चिकै पाङ्ग्रा भएको साइकल चलाएर हिँड्न मन लाग्थ्यो । केही समय अगाडी पोखरामा साईकल ¥याली हुँदाखेरी ३५ किलोमिटर साईकल चलाएको हो । साइकल चलाउन सक्छु तर, साइकल चलाउने ठाउँ छैन । साइकल चलाउने ठाउँको साह्रै ठूलो अभाव छ । साइकल चलाउँदाखेरी ज्यानको माया मारेर चलाउनुपर्छ । मोटरसाइकलले कामलाई छिटो त बनाइदिएको छ तर, मोटरसाईकलले संसारलाई नै प्रदुषित गर्दिसक्यो । शहरमा हिँड्दाखेरी मोटरसाईकलले हान्दिएला भन्ने डर हुने बेला आइसक्यो । डरै डरले हिँड्नुपर्ने ठाउँमा साइकल लिएर हिँड्नुपर्ने एकदमै जोखिमपूर्र्ण यात्रा नै हुन जान्छ । हो, साईकल चढ्नुपर्छ । साइकलले प्रदुषण घटाउँछ । डीजेल पेट्रोलका साधनले प्रदुषण बढाउँछ । मानव स्वास्थ्यमा असर पु¥याउँछ भन्ने कुरा यहाँ भनिरहन पर्दैन । नयाँ संरचनाहरु बनिरहेका छन्, नयाँ रिङरोडहरु बनिरहेका छन्, तर त्यसमापनि साईकल लेन छुट्याउन कञ्जुस्याँई गरिरहेका छाँै । ह्वीलचीयरमैत्री सडकलाई प्राथमिकता दिनुपर्छ । शहरको नीति निर्माणमा साईकल यात्रा र ह्विलचियर यात्राका लागि राम्रो निति बनाउनुपर्छ ।’

प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले यात्रुमैत्री सडक हुनुुपर्ने बताउनु भयो । उहाँले सडक सवारी साधनको मात्रै नभएको भन्दै पैदलयात्री, साइकल र ह्विल चियर यात्रीका लागि पनि भएको बताउनु भयो । उहाँले नेपाल संसारकै प्रदुषित शहरमध्ये एक भएको भन्दै अहिले सडकमा क्षमताभन्दा बढी गाडी गुडाइरहेको बताउनु भयो । उहाँले सवारी साधनले अस्वभावीक ढंगले धुवाँ फालिरहेका कारणपनि प्रदुषण बढेको बताउनु भयो ।
श्रेष्ठले भन्नुभयो, ‘सडक खाली गाडी गुड्नको लागि मात्रै होइन । सडक बटुवाको पनि हो अपाङ्गकोपनि हो । त्यसकारण उहाँहरुको सुरक्षामा ग्यारेन्टी हुने खालको सडक व्यवस्थापन गर्नुपर्छ । सुरक्षाको व्यवस्थापन गर्नुपर्छ । आज हाम्रो वायुप्रदुषण कसरी भइरहेको छ ? हामी सबैलाई थाह छ । संसारमै प्रदुषणयुक्त शहर मध्ये नेपाल पनि एक हो । वायु प्रदुषण भइरहेको छ । सडकको क्षेमताभन्दा बढी गाडी गुडाइरहेका छौँ । जसले धुवाँ अस्वभावीक ढंगले फालिरहेको छ ।’ 

पैदलयात्री, साइकल र ह्विलचियर यात्रीको सुरक्षित यात्रा गर्ने सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments