धान उत्पादन अवलोकन गर्न राणाको नेतृत्वमा ६ सांसद बंगलादेश जाने

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाको नेतृत्वमा उनीसहित समितिका ६ जना सांसद बंगलादेश जाने भएका छन् । 

बंगलादेशको धान उत्पादन तथा अन्य कृषि क्षेत्रको अवस्था अवलोकन गर्न सचिवालयका १ कर्मचारी सहितको टोली असोजको दोश्रो साता बंगलादेश जाने भएको हो । 

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले भ्रमणमा जाने सांसदहरुको नाम छनौट गरेको छ । सांसदहरु अमरबहादुर थापा, अनिशा नेपाली, विनिता कठायत, सुर्यकुमारी श्रेष्ठ र माओवादी केन्द्रबाट एकजना सांसद बंगलादेश भ्रमणमा जाने भएका छन् । यस्तै समितिका उपसचिव शिवदत्त बरालपनि सो भ्रमणटोलीमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments