बेलकोटगढी १३ मा तिज विशेष सांस्कृतिक र दर खाने कार्यक्रम सम्पन्न, प्रतियोगितामा श्री शक्ति मा. बि. प्रथम

नुवाकोट । महिलाहरुको माहान चाड हरितालिका तिजको उपलक्षमा मौलिका परम्पराको जगेर्ना गर्ने हेतुले बेलकोटगढी तेह्रले तिज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रमा २०८० कालिका मन्दिरको प्राङ्गण दाङ्मैमा सम्पन्न गरेको छ ।
कार्यक्रमा प्रमुख अथिती भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द नुवाकोटका प्रमुख भरत प्रसाद पाण्डे, बिषेश अथिती श्री शक्ती मा. बि. प्र. अ. सुन बाहादुर तामाङ, अथितीहरु कार्यपालिका सदस्य सिताराम बि.क, समाजसेबी राजेन्द्र प्रसाद पाण्डे, रबिश कुमार लामा, राजाराम खनाल, बासु पाण्डे, वडा सदस्य हरी कुमार गुरुवाचार्य, सिता पाण्डे, आइत राम तामाङ, बिन्दा दर्जी, श्री शक्ती माध्यमिक बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुब्बा लाल श्रेष्ठ, पत्रकार सुजन पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रमा बेलकोटगढी नगरपालिका १३ मा रहेको श्री शक्ती माध्यामिक बिधालय, सुर्यमती माध्यमिक बिधालय, थानापती आधारभूत बिधालय, पन्चकन्या आधारभूत बिधालय त्यसैगरी स्वयंसेवीकाहरु बिच तिज बिशेष नृत्य तथा गित प्रतियोगिता भएको थियो । प्रतियोगिहरुले बेदना, बिरहका स्वरलाई समसामायिक बिषयलाई गित मार्फत प्रस्तुत गरेका थिए भने मनमोहक नृत्य गरेर मोहित बनाएका थिए । थानापती आधारभूत बिधालयले सान्त्वना, सुर्यमती माध्यमिक बिधालय तृतिय, स्वयंसेवीका दिदी बहिनीहरुको समुह दितृय र श्री शक्ती माध्यमिक बिधालयले प्रथम स्थान हासिल गर्नु भएको थियो । निर्णायक मण्डल मा शक्ती मा. बि, सुर्यमती मा. बि. र थानापती आ. बि. का शिक्षले गर्नु भएको थियो ।
सुजन पाण्डेले कार्यक्रमको बारेमा प्रस्ट पार्दै आर्थीक अभाबका कारण सबै दिदी बहिनी लाई समेट्न नसकेको आउँदा दिनमा यस्ता कार्यक्रमको निरन्तरता को शुभकामना राख्नु भएको थियो ।
बेलकोटगढी १३ का वडा अध्यक्ष नवराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रम ले आफ्नो मौलिक परम्पराको जगेर्ना गर्दै आफुले सबैलाई समेटेर लान खोजेको यही क्रममा वडाका साथिहरु र केहि समाजसेबी बाट आर्थिक सङ्कलन गरेर दिदी बहिनी हरुलाई दर को कार्यक्रम राखेको बताउनु भएको थियोे ।