थापाथलीमा जिउँदो खसी प्रतिकेजी ६७०, च्याङग्रा १२ सय ६० रुपैयाँ

काठमाडौं । काठमाडौंमा जिउँदो सरकारी खसीको मुल्य ६८० रुपैयाँ पर्ने भएको छ ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीवाट बिक्री गरिने खसी, बोका र च्याङ्गाको मूल्य सार्वजनिक गर्दै जिउँदो खसीको मुल्य तोकेको हो ।

सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैँयाका दरले बिक्रि बितरण गरिनेछ  ।

 

सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएर बिक्री गरिने छ  । जसअनुसार आज बिहान ८ बजेदेखि नै कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी बोका र च्याङग्रा बिक्रि सुरु हुनेछ । छुटसहित खसी प्रतिकिलो  ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैँयामा खरिद गरेर सर्बसाधारणले घर लैजान सक्ने छन् ।

 

यस दशैँका लागि कम्पनिले २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा काठमाडौं भित्राएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments