सारिका चौधरीद्वारा महिला संघलाई कम्यूटर र प्रिन्टर सहयोग

काठमाडौं । चौधरी फाउण्डेसनकी कोषाध्यक्ष सारिका चौधरीले नेपाल महिला संघलाई कम्प्यूटर र प्रिन्टर सहयोग गरेकी छन् ।

 

नेपाली कांग्रेस निकट भ्रातृसंस्था महिला संघलाई शुक्रबार चौधरीले कार्यालय प्रयोजनका लागि कम्प्यूटर र प्रिन्टर सहयोग उपलब्ध गराएकी हुन् ।

 

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीकी धर्मपत्नी सारिकाले दशैंका अवसरमा महिला संघलाई उक्त सहयोग उपलब्ध गराएकी हुन् । काठमाडौंको धापासीमा रहेको महिला संघको केन्द्रीय कार्यालयमा कम्प्यूटर अभाव थियो । महिला संघ केन्द्रीय अध्यक्ष उषा मिश्र रावतलाई कम्प्यूट र प्रिन्टर हस्तान्तरण गरिएको हो । सामाजिक कार्यमा निरन्तर सक्रिय चौधरीले विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएकी छन् ।

 

नेपालको प्रतिष्ठित व्यापारीक घराना चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत चौधरी फाउण्डेसमार्फत देशका विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको छ । पछिल्लो समय नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा चौधरी फाउण्डेसनमार्फत् विभिन्न सामाजिक कार्यक्रम सञ्चालनमा छन् । नवलपरासी १ कांग्रेस नेता विनोद चौधरीको निर्वाचन क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments