रेमिट्यान्सले राख्याे नयाँ रेकर्ड, असोजमा भित्रियो १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ ।

शुक्रबार विवरण सार्वजनिक गर्दै बैंकले असोज महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो । यो एक महिनाको अवधिमा रेमिट्यान्स भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।

 

नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।

 

चालुआर्थिक वर्ष (आव) २०८०÷८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments