काठमाडौंमा जुवातास खेलिरहेको नुवाकोटका मधु सहित १७ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ रानिबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका बस्ने नुवाकोट भर भएका ६० वर्षीय मधु प्रसाद सिटौला समेत १७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ७ सय १० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
50 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
50 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments