कप्तान रोहितले ४ विकेट लिँदै क्यानडाविरुद्ध नेपाललाई जिताए

काठमाडौँ । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो ।

 

नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुदै २१७ रन बनाएपछि नेपाल ७ रनले विजयी भएको हो ।

 

नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । ललित राजबंशीले २ विकेट लिएका थिए भने सोमपाल कामी, कुशल मल्ल, पवन सराफ र रिजन ढकालले एक एक विकेट लिएका थिए ।

 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो ।

 

नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८-८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए ।

 

त्यसैगरी क्यानडाका बलरउदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २-२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए ।

 

यो जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको अर्को खेल आगामी शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments