सीमा पिल्लर मर्मतः नेपाली पक्ष तीव्र, भारतीय सुस्त

बारा । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बारा जिल्लामा निर्माण गरिएका सीमा स्तम्भ जीर्ण भएपछि त्यसको मर्मत सुरु भएको छ । सन २०१४ मा बसेको सीमा कार्य समूह (बिडब्लुजी)को बैठकले मर्मतसम्भार गर्ने निधारण गरेको सीमास्तम्भको बारामा मर्मत सुरु गरिएको हो ।

यसअघि नापी विभागबाट सिमा स्तम्भ मर्मत गरिन्थ्यो तर २०७७ साल साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले मर्मत गर्नुपर्ने सीमास्तम्भको जिम्मेवारी सशस्त्र प्रहरी बललाई सुम्पिएको थियो ।

सरकारबाट मर्मतसम्भार गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले बाराको सदरमुकाम कलैया उपमहानगरपालिका, पचरौता तथा सिम्रौनगढ नगरपालिका, फेटा, विश्रामपुर, सुवर्ण, र प्रसौनी गाउँपालिकासंग सिमा जोडीएको नेपाल भारतको ६० किलो मिटर सिमा क्षेत्रमा रहेको ६ सय ८६ स्तम्भ छन् ।

बारामा रहेको ६ सय ८६ स्तम्भ मध्य भारतले जोड नम्बरका र नेपालले विजोड नम्बरका सिमा स्तम्भ मर्मत गर्ने सहमति अनुसार नेपालले मर्मत सुरु गर्न थालेका हुन ।

एक सय १४ वटा सिमा स्तम्भ भध्य हाल एक सय १२ वटा सिमा स्तम्भ मर्मत, रंगरोहन गर्ने काम भईरहेको छ भने दुई वटा स्तम्भ पुनर्स्थापना गनुपर्ने देखिएको हो । यी दुई स्तभ्भ पुण रुपमा क्षेती भई भत्किएको छ भने पुण रुपमा क्षेती भएको स्तभ्भ पुनर्स्थापना भने अर्को सीमा कार्य समूह (बिडब्लुजी)को बैठकले निर्णय पछि मात्रै हुने बताईएको छ ।

नेपालले सीमास्तम्भ मर्मतको काम सुरु गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहले जानकारी दिए । पछिल्लो केही वर्षयता बाराका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ । नेपाल सरकार र भारत सरकारको संयुक्त टोलीले सीमा स्तम्भ मर्मतको काम सुरु गरेको हो । लामो समयसम्म सीमा स्तम्भ मर्मतको काम नहुँदा बनाइएका स्तम्भ भत्किएका थिए ।

‘नेपाल र भारतको संयुक्त टिम छ, यही टिमले सीमा स्तम्भ मर्मतको काम अघि बढाएको हो,’ सशस्त्र प्रहरी उपरिक्षक सन्तोष बहादुर सिंहले भने– ‘जोर नम्बर भएको सिमा स्तम्भ भारत तर्फबाट र बिजोर नम्बर रहेको सीमास्तम्भको मर्मत नेपाल सरकारको तर्फवाट गरिन्छ, मर्मत गर्दा संयुक्त कार्यदल सँगसँगै हुन्छ।’

सरकारले दिएको जिम्मेवारीअनुसार सशस्त्र प्रहरी बलले भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक सिंहले बताए ।

पूर्वमा रौतहट र पश्चिममा पर्साको सिमानासम्म ६० किलोमिटरमा बारा जिल्लामा मात्रै ६ सय ८६ वटा सिमा स्तम्भ छन् । यीमध्ये अहिले १ सय १२ वटा जीर्ण स्तम्भ मर्मत भएका छन् । ती मध्य दुईवटा सीमा स्तम्भ पुनर्स्थापना गर्नुपर्ने छ। सिमामा तिन किसिमका स्तम्भ छन, मुख्य स्तम्भ जग्गे पिल्लर, मध्यम खालको सहायक स्तम्भ र सानो आकार रहेका छन । नेपालले जोर र भारतले विजोर नम्बर गरी आधा–आधा पिल्लर बनाउने सहमति भएको थियो ।


भारतीय पक्ष सुस्त

भारतीय पक्षको जिम्मामा रहेका पिल्लरहरु मर्मत गर्ने जिम्मा एसएसबीले पाएको छ तर भारतीय तर्फले जिम्मा पाएका पिल्लर मर्मत भने सुस्त गतिमा भइरहेको पाइएको छ । जोर नम्बर भएको सिमा स्तम्भको मर्मत तथा रंगरोहन भारतले गर्ने सहमति भएतापनि भारतले भने क्षतिग्रस्त भएका स्तम्भको मर्मतका निम्ती कुनै कार्य गरेको छैन ।

भरतीय एसएसबीका अनुसार भारतीय पक्षले समयमै काम पूरा गर्ने बताएको छ । एसएसबीले भारततर्फ निर्माण कार्यमा सुस्तता देखिएको कारण बजेटको अभावमा कामले गति नलिएको र भारत सरकारले समयमै पूरा गर्छौं भनेको हुदाँ चाडैँ बजेट आउने उनले बताए ।

सन् २००७ मा नेपाली प्राविधिक टोलीले गरेको अध्ययनअनुसार नेपाल–भारतको सीमा क्षेत्रमा नदीमा रहेको ६४० सहित झण्डै ८ हजार पिल्लरहरु भेटिएका थिए । जमिनमा रहेका १ हजार २ सय ४० वटा पिलर हराएको पाइएको थियो । नेपालको सर्भे विभागका अनुसार त्यतिखेर २ हजार ५ सय पिल्लर मर्मत गर्नुपर्ने र ४ सय वटा पिल्लर नयाँ निर्माण गर्नुपर्ने देखिएको थियो ।


नेपालको छिमेकी मुलुक भारतसँग सीमा जोडिएका क्षेत्रमा बेला–बेला विवाद आउने गर्छ । विशेषगरी भारतसँगको खुला सीमाका कारण सीमास्तम्भको सुरक्षा सधैं चासोको विषय बन्ने गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments