शिक्षामन्त्री श्रेष्ठको प्रश्न- विद्यार्थीलाई राजनीति मात्र सिकाउने की काम गर्न पनि सिकाउने ?

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी भर्ना गर्ने योजना बारे संसदमा स्पष्ट गरेकी छन् । मन्त्री श्रेष्ठले सुशासन ऐनमा टेकेर प्रशिक्षार्थी भर्ना गर्ने कार्यविधि बनाएको बताउदै युवा विद्यार्थीहरुलाई काम गर्न सिकाउन यो व्यवस्था गरेको बताएकी छन् ।

के विद्यार्थीले राजनीति मात्र सिक्ने भन्ने प्रश्न गर्दै शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीलाई काम गर्न सिकाउनु पर्नेमा जोड दिएकी छन् ।

उनले आवश्यकता र विद्यार्थीको रुची अनुसार, गोप्य सूचनामा पहुच नहुने गरि राज्यलाई अतिरक्त भार नपरी, मापदण्ड बनाएर कर्मचारीकै नेतृत्वमा संचालन गरिने बताइन् ।

साथै मन्त्री श्रेष्ठले विद्यार्थीलाई न्याय हुने कुरामा राजनीति नगर्न समेत आग्रह गरेकी छन् । उनले संसदमा सांसदहरुले उठाएका शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ समेत दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments