सर्वोच्चको इजलासमै शंकास्पद वस्तु सेवन !

काठमाडौँ । सर्वोच्च अदालतको इजलासमा न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले शंकास्पद वस्तु सेवन गरेकी छन् । बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको आरतीले शंकास्पद वस्तु सेवन गरेकी हुन् ।

त्यसपछि उनलाई तुरुन्तै उपचारका लागि वीर अस्पताल लागिएको छ । अहिले उनको अवस्था भने समान्य रहेको बताइएको छ ।

आरतीले श्रीमानले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला, उच्च हुदै सर्वोच्चमा पुगेकी हुन् । गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए । उनले आफूमाथि बलात्कार भएको दाबी गर्दै उनले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments