प्रमाणपत्र धितो राखेर प्रत्येक प्रदेशका पाँच-पाँच जना युवा उद्यमीलाई ऋण दिने

सरकारले बोलेको कुरा के लागुनै हुनलागेको हो त ? यो सबै तिर चासोको बिसय बनेको अवस्ठामा राष्ट्रिय युवा परिषदले असार भित्रै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । परिषदले चालु आर्थिक बर्षको कार्याक्रम अन्तर्गत शैक्षिक योग्यताको प्रमाण पत्र धितोमा राखेर ३५ जनालाई ऋण दिन लागेको छ ।

युवा उद्यमका लागि प्रमाणपत्रका आधारमा ऋण सहयोग कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ पारित गरेसँगै सहकारी संस्थाहरु मार्फत ऋण उपलब्ध गराउने प्रक्रिया अर्थमन्त्रालयले पारित गरेको छ ।परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले १५ दिन भित्र जिल्ला कार्यालयहरुबाट आवेदन दिन आव्हान गरेको बताए । उनले प्रमाणपत्र धितो राखेर प्रत्येक प्रदेशका पाँच-पाँच जना युवा उद्यमीलाई अधिकतम २ लाख रुपैंयाँसम्म ऋण दिन लागेको बताए ।

परिषदको अगुवाई तथा युवा स्वरोजगार कोष र श्रम मन्त्रालयको सहभागीतमा प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने कार्यक्रम अघि बढ्न लागेको हो । सो कार्यक्रमका लागि परिषदले चालु आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको थियो ।स्नातक उतिर्ण वा प्राविधिक शिक्षमा डिप्लोमा गरेका विद्यार्थीहरुले आफ्नो व्यवसायीक योजना पेश गरेर ऋण माग्न सक्नेछन् ।

१५ दिन भित्र आफ्ना जिल्ला कार्यालयहरुबाट आवेदन दिन सकिने

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments