कृषक धान रोप्न व्यस्त

हेटौँडा, मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकहरू यतिखेर धान रोपाइँको चटारोमा छन् । सिँचाइ सुविधा पुगेका स्थानहरूमा जेठको अन्तिमबाट धान रोपाइँ सुरु भएको छ र यो क्रम असार भर चल्ने छ । तरकारी जोन थाहा नगरमा पछिल्लो समय धान खेती गर्ने क्षेत्रफलमा कमी आउनुका साथै धान रोपाइँ गर्ने कृषकको सङ्ख्यासमेत घटेको छ । तरकारी खेतीप्रतिको आकर्षण बढेसँगै खेतीयोग्य जमिनमा भौतिक संरचना निर्माण हुन थालेपछि धान खेतीमा कमी आएको हो ।

थाहा नगरपालिकाका कृषि विकास शाखाका प्रमुख सञ्जय तिवारीले थाहा नगरमा धान खेती हुने क्षेत्रमा कृषकहरू रोपाइँमा व्यस्त रहेको बताउँदै पछिल्लो समयमा थाहा नगर क्षेत्रमा धान खेतीको क्षेत्रफल घट्दै गएको जानकारी दिनुभयो । यहाँ मुख्य गरी टाइचिन अर्थात् खुमल ११ र पोखरेली एवं स्थानीय जातको धान लगाइन्छ । नगरपालिकाको वडा नम्बर ३, ६, ७, ८, ९, ११ र १२ मा बढी क्षेत्रमा धान खेती हुँदै आएको छ । तरकारी उत्पादनमा आत्मनिर्भर रहेको नगरपालिकाको आम्दानीको स्रोत र निकासी हुने उत्पादनमा तरकारीको हिस्सा सबैभन्दा बढी छ ।

यहाँ दुई हजार ६८७ हेक्टर खेतीयोग्य जमिन रहेकोमा आधाभन्दा कम क्षेत्रफल अर्थात् एक हजार २८४ हेक्टर क्षेत्रफलमा मात्र तरकारी, खाद्य बाली लगाइँदै आएको छ । खेती गरिने क्षेत्रफलमध्ये एक सय हेक्टरमा मात्र धान खेती गर्ने गरिएको कृषि विकास शाखाका प्रमुख तिवारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘तरकारी जोनको रूपमा स्थापित थाहा नगरमा धान रोप्नु, गोड्नु र भिœयाउने कर्ममा सीमित कृषक मात्र संलग्न छन् । यहाँ ३८१ हेक्टर क्षेत्रफलमा वर्षैभर सिँचाइको सुविधा रहेको छ भने बाँकी भागमा आकासे वर्षको भर पर्नुपर्ने बाध्यता रहेको छ । मकवानपुरको दक्षिणी भेगका कृषकहरू चैते धान र मकै बाली भिœयाएर वर्षे धान लगाउने तयारीमा छन् ।

सिँचाइ सुविधा पुगेका बागमती गाउँपालिका, बकैयाँ गाउँपालिका, मनहरि गाउँपालिका, मकवानपुर गढी गाउँपालिका, हेटौँडा उपमहानगरपालिका क्षेत्रमा लगाइएको चैते धान भिœयाउन कृषक व्यस्त देखिन्छन् । किसानहरू कतै मकै बाली भिœयाउन त कतै धान काट्ने, चुट्न र थन्क्याउन भ्याई नभ्याई छन् । चैत धान बाली थन्क्याएर वर्षे धान लगाउने तयारीमा कृषकहरू रहेका छन् । यस्तै सिँचाइ सुविधा पुगेका खेतमा मकै लगाएका कृषकहरू हरियो मकै बिक्री वा सुकाएर भिœयाउने तर्खरमा छन् । जिल्लाको तल्लो भागमा सिँचाइ सुविधा पुगेका धान रोपाइँ सुरु भएको छ भने सिँचाइ सुविधा कम भएका स्थानमा साउनसम्म धान रोप्ने क्रम चल्ने छ ।गोरखापत्र

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments