अलैची पकड क्षेत्रको रुपमा उठ्दै बेलकोटगढी

नुवाकोट
नुवाकोट जिल्ला कृषि व्यावसायमा तरकारी ,कफी र ट्राउट माछाले प्राख्यात जिल्ला हो । अब त्यति मात्रै हैन राम्रो हावापानी भएकोले पछिल्लो समयमा यहाँका किसान व्यावसायिक रुपमा अलैची खेती तिर पनि लागिरहेका छन् ।

यसै अन्तर्गत आज भएको बेलकोटगढी नगरपालिकाको बार्षिक कार्यक्रममा यस नगरपालिकाका कृषकहरुलाई ५०% अनुदानमा ४० हजार बिरुवा वितरण गरिएको छ । ११ न.वडालाई अलैची पकड क्षेत्रको रुपमा बिकास गर्न लागिएको त्यहाँ स्थित कृषि प्राबिधिक मधुसुधन पाण्डेले ले कृषि सूचनालाई जानकारी दिनुभयो । साथै वडा न.१,२ ३ ९ र १० मा समेत बिरुवा वितरण गरिएको छ ।

“आधुनिक कृषि र पर्यटन सहितको पूर्वाधार बेलकोटगढी नगर बिकासको आधार” भन्ने मुल नारा सहित आगामी बर्ष कृषिलाई पहिलो प्राथमिकता मा राखी बजेट निर्धारण गरिने यस नगरपालिकाका मेयर राजेन्द्र रमण खनाल ले बताउनुभयो ।

अलैचीको बिरुवा लोडगर्दै ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments