पाँच बिघा जमीनमा व्यावसायिक मेवा खेती शुरु

वीरगञ्ज : ‘कञ्चनपुरका तीन युवाले आफ्नै लगानीमा व्यावसायिक मेवा खेती शुरु गरेका छन् । भारतीय मेवाले नेपाली बजारमा कब्जा जमाएका कारण पूँजी पलायन रोक्न ती युवाले थोरै लगानीमै व्यावसायिक मेवा खेती शुरु गरेका हुन् ।

नेपाली बजार पञ्चाननब्बे प्रतिशत ओगटेको भारतीय मेवाका कारण नेपाली पूँजी पलायन हुन थालेकाले कञ्चनपुर नगरपालिकाका पीताम्बर कर्ण, दीपक गुप्ता र अनिल प्रधानले करीब रु २० लाखको संयुक्त लगानीमा पाँच बिघा जमीनमा मेवा खेती शुरु गरेका हुन् ।

रोपेको आठ महीनामा मेवा बिक्री लायक हुने र एउटा मेवाको बोटबाट कम्तीमा ५० र बढीमा १०० किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले यो व्यवसाय फाइदाजनक रहेको जानकारी दिँदै कृषक पीताम्बर कर्णले भन्नुभयो प्राङ्गारिक मलबाट खेती शुरु गरिएकाले यहाँबाट उत्पादित मेवा स्वास्थ्यको लागि फाइदाजनक हुन्छन् ।

पाइवरनका रेडलेडी जातको मेवाको बीउ भारतको पुनाबाट ल्याएर रोपिएको हो । खादेर देवी टे«डर्स नामक नाम दिइएको सोे मेवा खेतीसँगै एक बिघा जमीनमा सयपत्री फूल तथा एक कट्ठा जमीनमा ड्रायगन फुडस्को खेतीसमेत गरिएको छ । प्रदेश नं २ सरकारले अहिले युवालाई उक्त खेतीतर्फ आकर्षित गर्न विशेष प्याकेज कार्यक्रम ल्याएको जानकारी दिँदै उक्त प्रदेशका भूमि तथा कृषिमन्त्री शैलेन्द्र साहले राससलाई भन्नुभयो, “उक्त व्यवसायलाई आवश्यक पर्ने सबै सुविधा दिन प्रदेश सरकार तयार छ ।”

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments