भोलि र पर्सि काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई बाहिर जान दिने निर्णय

सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय भएको छ ।

छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसकेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए । तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments