कुखुरालाई दानाको सट्टा घाँसपात

काठमाडौँ — सरकारले लकडाउन थपेसागै भक्तपुर सिपाडोलका कुखुरा व्यवसायीले कुखुरा पाल्न छाडेका छन् । लकडाउनमा दानाको अभाव र पालेका कुखुराको बिक्री हुन छोडेपछि उनीहरुले लाखौंको घाटा व्यहोर्नु परेको छ ।

पाँच वर्षदेखि कुखुरा पालन गर्दै आएका प्रेम तामाङले लकडाउनमा दाना अभाव हुँदा घाँस पनि टुक्रा पारेर कुखुरालाई खुवाए । अहिले जसोतसो गहुँ, मकै उसिनेर दाना बनाइरहेका छन् ।

पालेको कुखुरा बेच्नका लागि तयार भएपनि लकडाउनले गर्दा मासु पसलहरु पनि बन्द छन् । कुखुरा बेच्ने समयमा दानापानी खोजेरै उनको दैनिकी बितिरहेको छ ।

उनले लोकल कुखुरा पालेका छन् । अरुबेला यी कुखुरा चार महिनामा बेचिसक्थे । ‘कुखुरा बेच्ने ठाउँ छैन । दानापानी अपुग छ । दाना नभएर कुखुराले मान्छे नै खाला जस्तो गर्‍यो,’ उनले भने, ‘त्यतिबेला त घाँस काटेर दियौं । अहिले चाहीँ गहुँ, मकै उसिनेर दिँदैछौं ।’कान्तिपुर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments