फूलको माग शुन्य : व्यवसायीलाई दैनिक एक करोड नोक्सानी

लकडाउन लागू भएपछि पुष्प व्यवसायी मारमा परेका छन् । कुनैपनि औपचारिक कार्यक्रमहरु नहुँदा फूलको माग शुन्य छ ।

माग नै नभएपछि अहिले यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँ भन्दा बढी नोक्सानी भएको फ्ल्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

उनले कोरोना भाइरसको असर देखिन थाले देखि नै औपचारिक कार्यक्रम नभएको र सरकारले कुनैपनि कार्यक्रम नगर्न भनेपछि गत फागुन महिनादेखि नै फूलको माग घटेको बताए ।

भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरी यस वर्ष फुलको उत्पादन बढाउन लगानी वृद्धि भएको थियो । उत्पादन पनि बढेको छ । तर बजार नहुँदा सबै उत्पादन खेर गइरहेको छ ।

६ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी रहेको यस क्षेत्रमा बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरु धेरै छन् । अध्यक्ष कसजुले व्यवसाय नै ठप्प भएपछि बैंकले समेत सहयोग गर्नुपर्ने बताए ।

पुष्प व्यवसायमा पनि कट फ्लावर व्यवसायमा सत प्रतिशत क्षति भएको व्यवसायीहरु बताउँछन् । बिक्रीका लागि तयार भएको कट फ्लावरले बजार पाउन नसक्दा पूर्ण रुपमा नष्ट भएको छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments