सुक्यो चैते धानको बाला

झापा, झापाको गौरादह नगरपालिका–४, मजुवाकी किसान बालिका दाहालले एक बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएको छ । रोपिएको धानको बाला लपक्क नुहिएको पनि थियो । फलाइ हेर्दा धान राम्रो हुने आशा थियो तर नुहेको बाला अचानक सुक्न थाल्यो । पहिलो दिन एक÷दुईवटा मात्र बालामा यस्तो समस्या आएको थियो । दोस्रो दिन दुई तिहाइ बाली त्यस्तै भयो । तेस्रो दिन त पूरै खेतको धानको बाला सुकेर सेतै भयो ।

उहाँको जस्तै यो क्षेत्रका लगभग १५ घरपरिवारले ५० बिघा क्षेत्रफलमा लगाएको धान अहिले यस्तै अवस्थामा पुगेको छ । चैते धान काट्न हँसिया बोकेर खेतमा जाने बेलामा किसान अहिले आगो बोकेर डढाउन जानुपर्ने अवस्था आएको सोही क्षेत्रका अर्का किसान पर्शुराम धमला बताउनुहुन्छ ।थन्क्याउने बेलाको बाली खेतमा सुकेर गएपछि किसानमा चिन्ता थपिएको छ । यो क्षेत्रका अधिकांश किसानको चैते धानमा अहिले बाला सुकेर जाने समस्या आएको छ । धानको डाँठमा कालो हुने र त्योभन्दा माथिको भाग सुक्ने गरेको सोही स्थानका किसान मचिन्द्र कार्कीले जानकारी दिनुभयो ।

धानको गुभामै नौलो जातिको कीराले आक्रमण गरेको छ ।  धानको गुभोमा मसिनो सेतो रङको कीरा देखिएको छ । कीराले खाएपछि बोटको माथिल्लो भाग सुकेर बाला नै सेतो देखिन थालेको छ ।यहाँ अहिले ५० बिघा बढी क्षेत्रफलमा गरिएको धानको बालामा भुस मात्र फलेको छ । धानभित्र चामल नभएर भुस भएपछि यहाँका किसन चिन्तित बनेका छन् ।जतिमा लाग्यो लागिहाल्यो तर अब बाँकीमा नफैलियोस् भन्नका लागि सरकारले प्राविधिक रूपमा सल्लाह दिनुपर्ने र बालीको संरक्षण गरिदिन किसानले माग गरेका छन् ।

यस प्रकारको रोग गबारो कीराले लगाउने कृषि विकास निर्देशनालय प्रदेश १ की बाली विकास अधिकृत सरस्वती श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सुरुमा यो समस्या देखिनेबित्तिकै प्राविधिकलाई देखउन पाएको भए यसबाट हुने थप क्षति कम हुने थियो । उहाँले बाँकी बालीको संरक्षण गर्न यस्ता सुझाव दिनुभयो । गोरखापत्र

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments