फौजी कीराको प्रकोप बढ्दा सयौं विघामा किसानले लगाएको मकै नष्ट

विराटनगर: मोरङमा अमेरिकी फौजी कीराको प्रकोप बढ्दा सयौं विघामा किसानले लगाएको मकै नष्ट भएको छ । धान, गहुँ बालीपछि किसानको मुख्य रोजाइमा पर्ने मकैबालीमा अमेरिकन फौजी कीरा लागेर क्षति पु-याउन थालेपछि किसानहरू चिन्तित भएका छन् । मोरङको बेलबारी क्षेत्रमा किसानले लगाएको मकैमा कीराले क्षति पु-याएपछि विषादी लगाउँदासमेत नियन्त्रणमा नआएको कृषकहरूको गुनासो छ ।

बेलबारी–४ इमानसिहं चौकका किसान जसमणि राई मकै बालीमा दुई पटक विषादी लगाउँदा पनि कीरा नमरेको बताउँछन् । “दुईपटक विषादी छर्किंदा पनि कीरा मरेन । झन् बढेको छ,” राईले भने, “केही दिनभित्रै सयौं बिघाको मकै नष्ट बनाएको छ ।”

मोरङको बेलबारी, लेटाङ, उर्लाबारी, ग्रामथान, रंगेलीलगायतका स्थानमा फौजी कीराको प्रकोप बढेको छ । त्यसो त तराईमा मात्रै नभइ पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुरलगायतका जिल्लामा पनि कीराको प्रकोप बढेको किसानको भनाइ छ । खोटाङ दिप्रुङका किसान रेवन्त श्रेष्ठले भने, “एउटै पनि पात नराखी कीराले खाएको छ । फेरि लगाउन पनि बीउ छैन ।” श्रेष्ठका अनुसार सो कीराले एकै रातमा मकै नष्ट बनाएको छ ।

यता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका किट वैज्ञानिक किशोर भण्डारी पूर्वी नेपालका विभिन्न ठाउँमा मकै बालीमा अमेरिकन फौजी कीराले नोक्सानी गरिरहेको बताउँछन् । उनले लकडाउनका कारण बाह्य अनुसान्धन गर्न धेरैतिर जान नसकिएपछि केन्द्रभित्र र धरानमा अनुसन्धान गरिरहेको समेत जानकारी दिए । किट वैज्ञानिक भण्डारीले किसानहरूलाई औषधिका विषयमा जानकारी गराउँदै दिनमा अमेरिकन फौजी कीरा गुबोमा बस्ने र रातको समयमा बाली नोक्सानी गर्ने भएको कारण साँझमा स्प्रे गर्न किसानहरूलाई सुझावसमेत दिए । “यो कीराले रातको समयमा बाली नष्ट गर्ने गरेको छ,” उनले भने, “दिउँसोभन्दा घाम अस्ताएपछि विषादी छर्कियो भने त्यसले काम गर्छ ।”

पछिल्ला केही वर्षदेखि पूर्वी नेपालमा स्थानीय जातका साथै उन्नत जातका मकै व्यावसायिक तथा आफ्नो प्रयोगका लागिसमेत किसानहरूले लगाउने गरेका छन् । यसअघि गत साल धानमा देखिएको अमेरिकी फौजी कीराले यसवर्ष मकैलाई समेत नष्ट गरेको छ । कतिपय ठाउँमा स्थानीय सरकारले कीरा नियन्त्रणका लागि औषधि वितरण गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।

सम्बन्धित समाचार
के हो फौजी किरा ? पहिचान र रोकथामको उपाय

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments