लमजुङमा पनि फल्न थाल्यो स्याउ

लमजुङ: लमजुङमा पनि स्याउ फल्न थालेको छ । यसअघि हिमाली जिल्लामा स्याउ फल्दै आएकामा पछिल्लो समय पहाडमा पनि स्याउ फल्न थालेको हो ।

क्व्होलासोंथर गाउँपालिका–१, बाग्लुङपानीमा रोपिएको स्याउ फलेको वडाध्यक्ष पेमा गुरुङले बताउनुभयो । उहाँका अनुसार बाग्लुङपानीको जनज्योति माध्यमिक विद्यालय परिसरमा रोपिएको बोटमा स्याउ फलेको छ । स्याउ राम्रो फल्न थालेको यहाँका स्थानीयले बताएका छन् । विद्यालयका प्रधानाध्यापक बिलप्रसाद गुरुङका अनुसार धुलिखेलबाट ल्याएर लगाइएको स्याउको बेर्ना हुर्किएर फल्न थालेको छ ।

यो क्षेत्रमा तरकारी खेतीसम्बन्धी अध्ययन भए पनि तरकारीभन्दा स्याउको सम्भावना रहेको भनेपछि विद्यालयले स्याउको बिरुवा रोपेको प्रअ गुरुङले बताउनुभयो । उहाँका अनुसार विद्यालयले खर्च बेहोर्नेगरी बिरुवा ल्याएर रोपिएका थिए । एभ्रिथिङ अर्गानिक नर्सरी धुलिखेलका प्राविधिकले स्याउ लगाउन उपयुक्त ठाउँ, लगाउने तरिकाको बारेमा जानकारी गराएअनुसार विद्यालयका शिक्षक, स्थानीयले स्याउ लगाउने तरिका, कटिङ गर्ने तरिकाको बारेमा तालिम लिएका थिए ।

सुरुमा प्रयोगात्मक रूपमा ६७ वटा स्याउको बिरुवा रोपिएको थियो । उक्त बिरुवा हुर्किंदै गएर स्याउ फल्न थालेको छ । समुद्री सतहदेखि एक हजार ५०० देखि ७०० मिटरसम्म फल्ने जातको स्याउ लगाइएको उहाँले बताउनुभयो ।

बाग्लुङपानीमा फलेको स्याउ डोर्सेट गोल्ड (म्यचकभत न्यमि) र चिनाइको स्ट्रोबेरी जातको हो । पहिलोपटक फलेको स्याउ राम्रो फलेको र राम्रै हुँदै गएमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । विद्यालयको नाममा ७४ रोपनी जग्गा भएकाले आगामी दिनमा विद्यालय वरपर स्याउ विस्तार गरिने उहाँले बताउनुभयो ।  

लमजुङकै सुन्दरबजार नगरपालिका–१, कुन्छाको हिर्कुस एग्रो फार्म प्रालिका सञ्चालक गोवद्र्धन गौलीले स्याउ फलाउनुभएको छ । कागती, सुन्तला, अदुवा, कफी खेती गर्दै आए पनि परीक्षणका रूपमा स्याउको बिरुवा रोपेकामा फल लागेको उहाँले बताउनुभयो । तीनवटा स्याउका बिरुवा रोपिएकामा उक्त बोटमा स्याउ फलेको उहाँले बताउनुभयो । चितवनबाट स्याउको बिरुवा ल्याएर रोपेको र यसको जात भने पत्ता लगाउन बाँकी रहेको बताउनुभयो ।

स्याउ राम्रो भएमा अन्य फलफूलजस्तै यसलाई पनि बढाउँदै लैजाने बताउनुभयो । विशेषगरी चिसो हावानी र सामान्यतया दुई हजारदेखि तीन हजार मिटर उचाईमा फल्ने स्याउ यसअघि लमजुङका ग्रामीण भेगमा पनि स्याउ फलेको स्थानीय बताएका छन् तर यसको खेती विस्तार भने हुन सकेको थिएन । तत्कालीन बाँझाखेत–४, साँधु (हाल बेँसीसहर–१०)स्थित चित्रेलेक र घेर्मु गाविस–१, चिप्ला (हाल मस्र्याङ्दी–५)को लेकमा स्याउ फलेको स्थानीय बताउँछन् तर ती ठाउँमा अहिले स्याउ छैन । गोरखापत्र अनलाइनमा खबर छ।
बेलिना थापा

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments