मह उत्पादन करिव ७० % घट्यो

दाङ: घोराहीका माहुरी पालक कृषक दिनेश वलीले यस सिजनमा एक पटक पनि मह काड्न पाएनन् । अघिल्लो वर्षमा यस सिर्जनमा २ पटकसम्म मह संकलन गरेपनि उनले यस सिर्जनमा मह काड्न नपाएको बताए । “अघिल्लो वर्ष फागुनदेखि वैशाखसम्ममा २ पटक मह काडेको थिएँ ।” वली भने । लकडाउनको कारण माहुरी राखेको स्थानसम्म पनि जान नपाएको उनको भनाइ छ । समयमा निरीक्षण गर्ने नपाउँदा माहुरीले लगाएको मह समेत खाइसक्ने गरेको वली बताउँछन् ।

त्यसैगरी माहुरीको गोलाको वृद्धि हुने समय भएकाले विशेष हेरचाह गर्नु पर्ने भए पनि हेरचाह समेत गर्ने नपाएको उनी बताउँछन् । अर्का माहुरी पालक कृषक रामहरि शर्माले लकडाउनले माहुरी पालक कृषकहरुलाई धेरै क्षत्ति पु¥याएको बताए । लकडाउनले कृषकले माहुरीको हेरचाह गर्ने, मह काड्न नपाएको उनको भनाइ छ ।

राम्ररी हेरचाहन नहुँदा माहुरीले जम्मा गरेको मह समेत खाइ सकेको उनले बताए । माहुरीको गोला वृद्धिका लागि रानी उत्पादन गर्ने समेत समस्या भएको उनको भनाइ छ । रानी उत्पादन गर्न नसक्दा गोला पनि वृद्धि गर्ने नसकिएको कृषकहरुको गुनासो छ । जिल्लाभित्र भन्दा पनि जिल्ला बाहिर माहुरी चरणमा लगेकाहरुको यस प्रकारको समस्या बढी रहेको उनीहरुको भनाइ छ । लकडाउनका लागि बाहिरी जिल्लामा जानका लागि पास समेत नपाउँदा जान नसकेको उनीहरु बताउँछन् ।

जिल्लामा अहिले करिव ७० प्रतिशत मह उत्पादनमा कमी भएको माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णु श्रेष्ठले बताए ।
फागुनदेखि वैशाखसम्ममा करिव ३ सय टन मह उत्पादन हुने गरेको उनको भनाइ छ । तर यस वर्ष १ सय टन पनि मह उत्पादन हुन नसकेको श्रेष्ठ बताउँछन् । यसको कारण कृषकहरु समयमा माहुरीको निरीक्षण गर्ने जान नपाउनु समयमा मह काडन जान नपाउनु जस्ता कारणले घटेको बताए । “यस समयमा माहुरी वृद्धि ५० प्रतिशतले घटेको छ ।” अध्यक्ष श्रेष्ठले भने ।

जिल्लामा अहिले १५ हजार माहुरीको गोला रहेको माहुरी पालन महासंघ दाङले जनाएको छ । जिल्लामा वार्षिक ६ सय टन भन्दा बढी मह उत्पादन हुने गरेको उनको भनाइ छ । जिल्लाका करिव १ हजार माहुरी पालन कृषकहरु रहेको बताइएको छ ।कारोबार दैनिकमा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments