मल ल्याएकाे विषयमा विवाद हुंदा नवलपरासीको सीमा नाकामा हवाई फायर

परासी : भारतबाट मल ल्याएकाे विषयमा विवाद हुंदा आईतबार पश्चिम नवलपरासीको सीमावर्ती नाका बसैयामा सशस्त्र प्रहरीले गाेली चलाएकाे छ ।

प्रतापपुर गाउँपालिकाअन्तरगत पर्ने उक्त नाकाबाट दुई जना महिलाले टाउकाेमा राखेर मल ल्याउंदै गरेका थिए । लकडाउनकाे समयमा भारतबाट सामान ल्याउन नपाईने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले राेकेपछि विवाद भएकाे थियाे ।

साे क्रममा शसस्त्र प्रहरीले महिलामाथि कुटपिट गरेपछि साेधपुछका लागी गएका गाउंलेलाई समेत कुटपिट गरेकाे स्थानीयले बताएका छन् । दाेहाेराे झडपमा केही स्थानीय घाईते भएका छन् । उक्त सीमामा शसस्त्रकाे अस्थायी पाेष्ट छ ।

मल ल्याउने विषयमा विवाद हुंदा त्यहा आएका स्थानीयले एक्कासी सुरक्षामा खटिएकाे टाेली र पाेष्टमाथि आक्रमण गरेपछि सुरक्षाका लागि चार राउन्ड हवाई फायर गरेकाे सशस्त्र प्रहरी बल नेपाल २६ नं गण हेड क्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले बताए ।

अहिले त्यस क्षेत्रकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । जिल्लामा सहजरूपमा मल नपाएकाे भन्दै किसानहरूले भारतबाट मल ल्याउने गरेका छन् । कालिकान्युजमा खबर छ।
हरि शर्मा

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments