चैते धानबालीमा रोगको प्रकोपले उत्पादन घट्ने

शान्ता अधिकारी

चितवन: उत्पादनको तयारीमा रहेको चैते धानबालीमा रोगको प्रकोपले उत्पादनमा ३० प्रतिशतभन्दा बढी ह्रास हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत राजन ढकालका अनुसार उत्पादन हुने अवस्थामा रहेको चैते धानबाली घाँटी मरुवा रोगको प्रकोपले गर्दा उत्पादन घट्ने अनुमान गरिएको हो ।

चितवन जिल्लामा २७ हजार ४४५ हेक्टरमा धान खेती गरिँदै आएकोमा सात हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइने गरिएको छ । यस पटक लगाइएका अधिकांश चैते धानबालीमा रोगको प्रकोप देखिएको हो । कृषकहरूको रोजाइमा रहेको हर्दिनाथ १– (१४÷४२) मा यसको असर अन्यमा भन्दा बढी रहेको छ । ज्ञान केन्द्रका अनुसार यही जातको धान ७० प्रतिशतभन्दा बढीले लगाएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाका अनुसार पूर्वी चितवनको धान जोन क्षेत्रमा उत्पादन लिने अवस्थामा रहेको हर्दिनाथ १– (१४÷४२) धानमा घाँटी मरुवा रोगको प्रकोप छ । गत वर्षदेखि उक्त धानबालीमा समस्या देखिन सुरु गरेको हो ।

प्रमुख तिमल्सिनाले यस पटक चैते धानमा कृषकले बढी नै क्षति सहनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले कृषकलाई बाली बीमाले आकर्षण गर्न नसकेको कारण क्षति सहन गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन सञ्चालक समितिका संयोजक तेजप्रसाद बर्तौैलाले रोगको प्रकोपले गर्दा धान उत्पादक कृषक चिन्तित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बन्दाबन्दीको अवधिले कृषि कर्ममा बढी ध्यान दिएको भए पनि यस पटक चैते धानको उत्पादन झनै घट्ने अवस्था रहेको छ । जोन क्षेत्रमा लगाइएकोे दुई हजार पाँच सय हेक्टर जमिनमा उत्पादन नगन्य मात्रामा मात्र हुने देखिएको छ । ’ कृषकलाई बाली बीमाको बारेमा बुझाउन नसकिएको तर यतिबेला राहतका लागि चाङका चाङ निवेदनहरू आएको उहाँको भनाइ थियो ।

नेपाल कृषि अनुसन्धान परिषद्का धान बाली संयोजक डा. रामवरण यादव बीउमा रहेको वंशाणु गुणको क्षमता (जेनेटिक पोटेन्सियल) गुम्दै गएको अवस्थामा यो रोग देखा परेको बताउनु हुन्छ । उहाँले त्यसको विकल्पमा विषादीको प्रयोगभन्दा उत्तम विकल्प बीउ परिवर्तन रहेको बताउनुभयो । गोरखापत्र अनलाइनमा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments