रातमा किन खाने फलफूल ?

रातको समय अचानक भोक लागेमा के खाने गर्नुभएको छ ? यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको छ भने गलत गर्नुभएको छ ।

किनकि, रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ । त्यसैले स्वास्थ्यका लागि यस्तो समयमा फलफूल प्रयोग गर्दा निकै लाभदायक हुन्छ । तपाईंले डिनर गरेको केही समयपछि हरेक दिन फलफूल प्रयोग गर्दा पनि राम्रो हुन्छ ।

कुन फल खाने ?

सुत्नुअघि केरा, स्याउ, नासपातीलगायतका फाइबरयुक्त फलफूल खान सक्नुहुन्छ । तर, आयुर्वेदका अनुसार खाना खाएको केही समयपछि मात्र फलफूलको प्रयोग गर्नु स्वस्थकर हुन्छ । खाना र फलफूल एकैपटक प्रयोग गर्दा पचाउन समस्या हुन्छ ।

खानामा प्रोटिन र फाइबरको मात्रा हुने भएकाले पच्नका लागि समय लाग्छ । खानासँगै फलफूलको प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पनि पुग्न सक्छ । त्यसैले खाना र फलफूल खाने समयको बीचमा ग्याप हुन जरुरी छ । यद्यपि, रातको समय खानाको सट्टा फलफूलको मात्र प्रयोग गर्दा राम्रो हुन्छ । तर, फलफूल खानेबित्तिकै सुत्ने बानी पनि गर्नुहुँदैन ।

रातमा किन खाने ?

सुत्नुअघि फलफूलको प्रयोग गर्दा आवश्यक पोषण तत्व प्राप्त गर्न सकिन्छ । फलफूलबाट भिटामिन, मिनरल्स, फाइटोकेमिकल र फाइबरको मात्रा प्राप्त गर्न सकिन्छ । जसले स्वास्थ्यमा सकारात्मक असर पार्छ । अस्वस्थकर चिनी र फ्याटयुक्त स्न्याक्सको प्रयोगले स्वास्थ्यमा हानि पु-याउँछ ।

तौल बढ्छ ?

प्रायः फलफूलमा क्यालोरीको मात्रा हुन्छ । जसका कारण मानिसको तौल बढ्दैन । तर, आइसक्रिममा फलफूल मिसाएर खाँदाचाहिँ तौल बढ्न पनि सक्छ । यद्यपि, दैनिक केराको प्रयोग गर्दा पनि तौल बढ्न सक्छ । जसकारण दैनिक रूपमा केरा नखाँदा राम्रो ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments