जथाभावी फोहर फाल्दा किसानलाई समस्या

लमही : दाङको तुलसीपुर बजार वरपर रहेका कुला तथा नालामा फोहर फाल्दा त्यसको प्रत्यक्ष मारमा किसान परेका छन् । कुलो तथा नालामा पसलबाट निस्किएको फोहर, सुई, सिसा तथा प्लाष्टिकजन्य वस्तु जथाभावी फाल्नाले वर्षात्मा बाढी आएको बेला स किसानको खेतबारीमा सोझै जाने गरेको किसान बताउँछन् । केही दिन अगाडि पानी परेपछि कुुुलाले बगाएर ल्याएको फोहरले कुलो थुनिँदा तुलसीपुर–१२ का माधव केसीको व्यावसायिक बट्टाई फार्ममा पानी पसेपछि रु दुई लाख बराबरको क्षति भयो । त्यस्तै स्थानीयवासी कमला वली फोहर संकलन गर्ने क्रममा हातमा सुई बिझेर केही दिन थला पर्नुप¥यो ।

तुलसीपुर बजारको पुछारमा खेती गर्ने किसान र बासिन्दा यसरी नै पीडा खेपिरहेका छन् । ‘‘वर्षात्को पानीले सबै फोहर बगाएर हाम्रा खेतबारीमा थुप्रिन्छ, वर्षौँदेखि यसरी नै फोहर बगाएर ल्याउने समस्या छ’’, स्थानीयवासी सुदीप आचार्यले भन्नुभयो । उहाँले खेतमा प्लाष्टिक, कपडा र सीसा बगेर आउने गरेकाले उत्पादनमा असर परेको गुनासो गर्नुभयो । दिनहुँजसो खेतमा प्लाष्टिक र कुलोले बगाएर ल्याएको फोहर टिप्न बाध्य भएको किसान बताउँछन् । खेतैभरि फोहरको डुंगुर जम्मा भएपछि उब्जनीसमेत कम हुने गरेको छ । ‘‘वर्षात्का समयमा पानीले फोहर बगाउँदा खेतीयोग्य जमीनमा नोक्सानी पु¥याएको छ, मानव स्वास्थ्यमा पनि असर पु¥याएको छ, यसका विषयमा हामीहरु कहाँ जाने ? किसानहरु अन्योलमा छन्’’, केसीले भन्नुभयो ।

तुलसीपुर बजारमा भने साप्ताहिक रुपमा ‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियान सञ्चालन छ । बजारको मुख्य सडकमा सरसफाइ हुने गरे पनि अन्य स्थानमा भने फोहर जथाभावी फाल्ने गरेका कारण समस्या हुने गरेको उपमहानगरपालिको जनाएको छ । यसको प्रत्यक्ष मारमा वडा नं १० र १२ का बासिन्दा परेका छन् । फोहरले गर्दा खेतीयोग्य जमीनमा असर गर्नाका साथै नोक्सानी पु¥याएको भन्दै किसान वर्षेनी सम्बन्धित निकायमा धाउने गरेका छन् । त्यसको सुनुवाइ भने हुन नसकेको स्थानीयवासी धनीराम चौधरीेले गुनासो गर्नुभयो । उपमहानगरपालिकाभित्र उत्पादन हुने जैविक र अजैविक फोहर नछुट्याउँदा पनि यस्तो समस्या आएको छ ।

उपमहानगरपालिकाका प्रवक्ता सूर्यप्रकाश डाँगीले फोहर व्यवस्थापन र समस्या समाधानका लागि अध्ययन शुरु गरिएको जानकारी दिनुभयो । यसका लागि ढल निकासको पहल थालिने उहाँको भनाइ छ । ‘‘यस विषयमा हामीहरु गम्भीर भएका छौँ, अब यसको व्यवस्थापनका लागि नीति बनाएर कार्यान्वयन पनि गर्ने तयारीमा छाँैं’’, डाँगीले भन्नुभयो । उहाँले आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रममा यसलाई समेट्ने बताउनुभयो । स्थायी डम्पिङ साइट नहुँदा बजारमा दैनिक फोहर व्यवस्थापनमा समेत समस्या पर्ने गरेको छ । बजारको फोहर दैनिक उठे पनि त्यसलाई व्यवस्थापन गर्ने चुनौती उपमहानगरपालिकालाई छ । (रासस)

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments