पहिलेको ढुङ्गे उत्तिस घारी, अहिले हराभरा किवी बारी

टीकाराम उप्रेती

इलाम :बारीभरि ढुङ्गाघारी मात्र थियो । केही उत्तिसका बिरुवा थिए । अलैँची केही वर्षसम्म खेती भए पनि रोगले सबै सखाप भयो । ओसिलो बारीमा अरु खेती केही पनि फस्टाएन । धेरै बारी त्यतिकै खेर गएको थियो । इलामको सन्दकपुर गाउपालिका-२ माईमजुवाका तेजबहादुर गुरुङको बारीमा केही वर्ष अघिसम्म यस्तै थियो ।

अहिले त्यो ढुङ्गाघारी नै हराभरा भएको छ । दश रोपनी घरबारीमा किवी खेतीबाट राम्रो आम्दानी गर्न थालेको गुरुङले बताउनुभयो । केही क्षेत्रमा खेती गरिहाले पनि परम्परागत प्रणालीबाट पटक्कै नाफा भएन । लगानी अनुसारको प्रतिफल नभएपछि वैकल्पिक खेतीको खोजी गर्न थाल्नुभयो । यसैबीचमा किवी खेती गर्ने योजना अघि बढ्यो ।

अहिले किवी खेतीबाट वार्षिक सात लाख रुपियाँभन्दा बढी आम्दानी हुन थालेको छ । उहाँको यो ढुङ्गाघारी अहिले हराभरा किवी बारी भएको छ ।
हिजो आज बिहानदेखि साँझैसम्म खेतीमा नै व्यस्त हुन्छु । नयाँ प्रजातिको खेती भएकाले हरेक विषयमा अध्ययन आफैँले र्गनुपर्छ । ‘यो खेतीको विषयमा उचित जानकारी दिने प्राविधिकसमेत छैनन्’ गुरुङले भन्नुभयाे, ‘सुरुमा युट्युबमा हेरेर नै सिकेपछि गर्दैजाँदा आउन थाल्यो । केही प्राविधिक विषयमा कृषि ज्ञानकेन्द्र लगायतबाट जानकारी लिएँ ।’

‘यो क्षेत्रमा अलैँची लगाएको थियो । अलैँची पूरै मासिएर गयो । त्यसपछि यही खाली जमिनलाई किवी खेतीमा परिणत गरेँ ।’ गुरुङले जानकारी दिनुभयो । वि.सं. २०६८ सालदेखि छिन्तापु कृषि फर्म हाउस नै दार्ता गरी एलिसन जातको बिरुवा एउटा लगाएर सुरु गरेको किवी खेती अहिले सबैको अध्ययन गर्ने थलोजस्तै भएको छ । चैत १५ देखि किवीमा फूफ फुल्ने गर्दछ भने जेठ १५ सम्ममा दाना लागिसक्ने गरेको छ ।

भारतीय सेनाको जागिर सकेर घर फिर्दा बारीमा कस्तो खेती गर्न सकिन्छ भनेर खोजी गर्दैजाँदा किवी खेती गर्न सकिने सम्भावना देखेपछि दुई वर्षसम्म बारीका ढुङ्गा पन्छाउन लाग्यो । त्यसपछि माटो बनाउदै खेती गरेर अहिले जीवन धान्ने मात्र होइन राम्रो आम्दानी गर्ने माध्यम नै भएको छ, उहाँकाे किवी खेती ।

उहाँले किवी खेती गरेर राम्रो आम्दानी लिन सकेपछि आसपासमा अन्य धेरै किसानले समेत खेती सुरु गरे । जसका कारण चालु आर्थिक वर्षमा सन्दकपुर गाउँपालिकाले यो क्षेत्रलाई किवी खेती विकास गर्ने योजना नै अघि बढाएको छ । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईका अनुसार यो क्षेत्रलाई किवी जोन क्षेत्र भनेर घोषणा गरिएको छ ।

किसानले उत्पादन गरेको किवी बारीबाट नै २५० देखि ३०० रुयियाँ प्रतिकिलोको दरले बिक्री हुने गरेको छ । एउटा बोटमा ४० किलोसम्म फल्ने गरेको छ । तर पनि बजार व्यवस्थित नहुँदा किसानले आफ्नै पहलमा बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । गोरखापत्र अनलाइनमा समाचार छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments