काठमाडौं उपत्यका भित्रियो सलह

काठमाडौँ — शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् ।

मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत स्थानमा देखिएको हो । तर, मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले नआत्तिन विज्ञहरूले किसानहरूलाई सुझाएका छन् ।

नार्कका कीटविज्ञ सुदीप उपाध्याय सलह दिउँसाे बढी सक्रिय हुने भएकाले जाली थापेर तिनकाे प्रभाव कम गर्न सकिने बताउँछन् । ‘राति निष्क्रिय भई एकै ठाउँमा जम्मा भएर बस्ने भएकाले रासायनिक विषादी प्रयोग गरेर तिनलाई नियन्त्रण गर्न सकिन्छ,’ उनले भने ।

नेपालमा सलहले पार्न सक्ने प्रभाव र राेकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक बसेकाे थियाे । कृषिमन्त्री घनश्याम भुसालकाे अध्यक्षतमा बसेको बैठक सकिए पनि प्रदेश सरकार, किसानलाई के सूचना दिने र कसरी व्यवस्थापन गर्ने सन्दर्भमा प्राविधिक टाेलीको बैठक जारी छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments