बसाइँ सरी आएका परिवारलाई दुहुनो गाई उपहार !

काेकिला भण्डारी

धनकुटा: जिल्लाको छथरजोरपाटी गाउँपालिकाले बसाइँसराई गरी जाने क्रमलाई राेक्न दुहुनाे गाई उपहार दिन शुरू गरेकाे छ । स्थायी रुपमा बसाइँ सरी आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालिएकाे छथरजाेरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिनुभयाे ।

उत्पादनमुलक जमिन बाँझिन गएकाले बाँझो जग्गाकाे सदुपयोग गर्न यस चालु आर्थिक वर्षमा छथरजोरपाटी गाँउपालिकामा स्थायी रुपमा बसाइँ सरी आएका ९ जनाको परिवारलाई दुहुना गाई उपहार कार्यक्रम अनुरूप दिदै वितरण गरेकाे छ ।

उहाँका अनुसार बसाइँ सरी आएका ९ घर-परिवारलाई निःशुल्क गाई वितरण गरिएको हाे । दुहुना गाई उपहार प्राप्त गर्न कम्तिमा गाउँपालिकाभित्र स्थायी रुपमा बसाइँ सरी आएर तीन महिना भएकाे हुनु पर्नेछ । बसाइँ सरी आएका परिवारलाई तत्कालको लागि जीविकोपार्जनमा समस्या पर्ने र दुहुनो गाई भएपछि तत्काल दूध बेचेरै पनि केही आम्दानी हुने भएकाले यो कार्यक्रम अघि सारिएको अध्यक्ष लिम्बूको भनाइ छ । गाई उपहार कार्यक्रमले बसाइँसराई गरी आएका स्थानीयलाई प्रोत्साहनका साथै बाँझिएका जग्गा मलिलाे हुने र उत्पादन बढ्ने भएकाले कृषिबाटै गाउँपालिकाकाे मात्र नभएर जिल्लाकै आर्थिक समृद्दि हुने देखिन्छ ।

चालू आर्थिक वर्षमा यस गाउँपालिकामा महालक्ष्मी नगरपालिकाबाट २, पाख्रीबास नगरपालिकाबाट १ र धनकुटा नगरपालिकाबाट ९ घरपरिवार बसाइँ सरी आएका छन् । गाउँपालिकाले जिल्लाभित्र वा बाहिरी जिल्ला जहाँसुकैबाट बसाइँ सरी आएको भए पनि ती परिवारहरुलाई दुहुनो गाई उपहार दिने जनाएको छ । गाईको गाउँपालिकाले नै निःशुल्क बीमाको समेत व्यवस्था गरेको छ ।

यसैबीच गाउँपालिकाले खाली तथा बाँझो रहेका जग्गा सदुपयोग तथा कृषिलाई व्यवसायीकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बढाउन कृषि प्रवर्द्धन स्रोत भर्ना सापटी कार्यक्रमका लागि २० लाख रुपैयाँ छुट्याइएको छ । यस्तै कृषि क्षेत्रमा किसानलाई प्रोत्साहन गर्न ‘सय मुरी धान, बीस हजार रुपैयाँ बराबरको सम्मान’सहितका कार्यक्रमहरु अगाडि ल्याएकाे गाउँपालिकाले जनाएकाे छ । न्युज 24 मा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments