कञ्चनपुरमा सलहको झुन्ड, प्राविधिक र किसान सलह धपाउन खेतबारीमै पुगे

शीतल भट्ट
कञ्चनपुर :
कञ्चनपुरमा ठाउँ-ठाउँमा सलहको झुन्ड देखिएको छ । बिहीबारदेखि व्यापक रुपमा विभिन्न नगर र टोलमा सलहको झुन्ड देखिएको हो । सलहले बालिनालीमा वितण्डा मच्चाउन थालेपछि कञ्चनपुरका कृषि प्राविधिक र किसानहरु सलह धपाउनमै व्यस्त छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्ट लगायत प्राविधिक र किसान सहित सलह धपाउन खेतबारीमै पुगिरहेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास नगरपालिका हुँदै सलहको झुण्ड कृष्णपुर र शुक्लाफाँटा, बेदकोट, भिमदत्त नगरपालिकाका केहि बस्तीमा पसेपछि किसानहरु चिन्तित भएका छन् । किसानसहित कृषि ज्ञानकेन्द्र कञ्चनपुरको टोली विगत दुई दिनदेखि बेदकोट, शुक्लाफाटा, कृष्णपुरमा सलह धपाई रहेको स्थानीयले बताएका छन् । भने यता, पुनर्वासमा किसान आफैंले खेतवारीमा भाडाकुडा बजाएर सलह धपाइरहेका छन् ।

यसैगरी बाली संरक्षण प्रयोगशालाका प्राविधिक पनि सलह धपाउन खेतबारीमा पुगेका छन् । किसान सहित सबैले धपाउन साथ दिएकाले अहिलेसम्म क्षति नदेखिएको उनले बताए ।

उता बेदकोटको सुन्दरपुर हुँदै सलहको झुण्ड भीमदत्त नगरपालिका २ को उल्टाखाम पनि पुगिि सकेको कृषि ज्ञानकेन्द्र महेन्द्रनगरले जनाएको छ। साथै सबै किसान दाजुभाइ दिदी बहिनीहरुलाई अनिकाल बाट बच्न र सचेत रहन अनुरोध गरिएको न्युज 24मा खबर छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments