खुडोल फाँटमा खोकनावासीले रोपे धान

काठमाडौँ — खुडोल फाँटमा शनिबार खोकनावासीले सांकेतिक विरोध गरेका छन् । उनीहरुले धान रोपेर र भटमासको बिउ छर्दै सांकेतिक रुपमा विरोध जनाएका हुन् ।

यसअघि खुडोल फाँटमा धान रोप्‍न जाँदा प्रहरी र स्थानीयबीच झडप हुँदै आएको थियो । खुडोल क्षेत्रमा शनिबार प्रहरीको उपस्थिती नभएपछि खोकनावासीले धान रोपेका हुन् ।

खुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

उनीहरुले सरोकारवालासँग छलफल नै नगरि एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् ।कान्तिपुर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments