मानव जीवनका लागि कृषि अन्तिम विकल्प : कृषिमन्त्री केसी

कर्णाली, कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले मानव जीवनका लागि कृषि अन्तिम विकल्प भएको बताएकी छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयअन्तरगत आव ०७६/०७७ मा निर्माण सम्पन्न भएका योजनाहरुको प्रभावकारिता अनुगमन गर्न सोमबार वीरेन्द्रनगर नगरपालिकाको ३ र १० वडामा पुगेकी मन्त्री केसीले मानव जीवनका लागि कृषि अपरिहार्य रहेको बताएकी हुन् ।

उनले भनिन्, “तपाईँ हामीले खेती गरेको आर्जनबाट घर बनाएकालाई सम्मान गरौँ । श्रमविना भ्रष्टाचार एवं अनियमितता गरेर महल ठड्याउनेलाई सबैले अस्वीकार गरौँ ।” उत्पादनशील जमीनमा तरकारी लगाएर आफूसहित कर्णालीलाई आत्मनिर्भर बनाउन कृषकहरुलाई उनले आग्रह गरिन् । महिला र त्यसमा पनि दलित महिलाले अवसर पाए सजिलै काम गर्न सक्दा रहेछन् भन्ने राम्रो उदाहरण देखाएको भन्दै मन्त्री केसीले सुर्खेत बामेखोला ग्रामीण कृषि सडक उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी विकको उनको कामको उच्च प्रशंसा गरिन्।

उपभोक्ता समितिका अध्यक्ष विकले सरकारले गरेको सहयोगले गरिब किसानहरुको पहुँच बजारसँग जोडिएको बताइन् । “कृषि विकास निर्देशनालयले गत आवमा गरेको रु १७ लाख सहयोगले कल्भर्ट र ३०० मिटर सडक निर्माण भएको छ । अब त्यसमा ग्राभेलका लागि सरकारले थप सहयोग गरे उत्पादित तरकारी जतिबेला पनि बेच्न बजार लिन सकिन्छ,” उनले भनिन्। कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कल्भर्ट र सडक निर्माणले करिब २०० घर परिवार लाभान्वित भएको बताइन्।

ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतका प्रबन्ध निर्देशक पुष्कर खड्काले वीरेन्द्रनगर–३ तातोपानीस्थित पाँच बिघा जमीनमा रु २५ लाखमा निर्मित एकीकृत अर्गानिक कृषि मोडल फार्म प्रदर्शनी तथा अनफार्म अनुसन्धान प्लट स्थापनाले कर्णालीको कृषि तथा कृषि प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताइन्। रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments