टिमुर खेतीतर्फ किसानको आकर्षण बढ्दो

तनहुँ। व्यावसायिक टिमुरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

थोरै लगानी र मिहिनेतमा राम्रो आम्दानी हुने देखेपछि उनीहरु टिमुरखेतीतर्फ आकर्षित भएका हुन् । घरबास सञ्चालन गरेर ख्याति कमाउँदै आएका हिलेखर्कका ६२ किसान व्यावसायिक रुपमा टिमुरखेतीमा संलग्न भएका छन् । उक्त क्षेत्रमा अहिले २०० रोपनी क्षेत्रफलमा करिब २० हजार टिमुरका बिरुवा लगाएका छन् । त्यसक्षेत्रमा रहेका ६२ घरधुरी मिलेर सबैले आ–आफ्नो क्षमताअनुरुप टिमुरखेती गरेको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए।

पच्चीस जनाको समूह गठन गरी व्यावसायिक रुपमा टिमुरखेती अघि बढाएको उनले जानकारी दिए। तीन/चार वर्षअघि केही व्यक्तिले थोरैथोरै टिमुरको खेती गरे पनि गत वर्षदेखि व्यावसायिकरुपमा खेती लगाउन थालेका हुन् । डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा बनेपाबाट दमौलीसम्म बिरुवा ल्याउने कार्य भए पनि दमौलीबाट गाउँसम्म कृषक समूहले ढुवानी गरेर लगेका हुन् । उक्त बिरुवा डाबर नेपाल बनेपाबाट बिरुवा ल्याएर प्रत्येक घरधुरीले मिलेर टिमुखखेती गरिएको छ । अध्यक्ष गुरुङले भने, “कम्तीमा पनि दुई÷३०० बिरुवा लगाएका छन् ।”

टिमुरखेती नेपालको पहाड, तराई र हिमाल सबै क्षेत्रमा गर्न सकिने बताइएको छ । तर विशेषगरी समुन्द्री सतहबाट एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइ टिमुर खेतीका लागि उत्तम मानिन्छ । हिलेखर्क टिमुरखेतीका लागि उपयुक्त हावापानी राम्रो भएकाले यहाँका सबै घरधुरीले टिमुरखेती गरेको समूहका सचिव युवराज गुरुङले बताए ।

बिरुवा लगाएको चार वर्षपछि फल्न शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेका छन् । रुखो जग्गा जमिन तथा वनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मिहिनेत गर्नु नपर्ने भएपछि त्यसक्षेत्रमा अभियानकैरुपमा टिमुर खेती थालिएको छ । स्थानीयवासी जीतबहादुर गुरुङले करिब एक हजार ५०० टिमुरका बिरुवा लगाएको बताए। खेती गर्न सजिलो हुने र आम्दानी पनि राम्रो हुने देखेपछि यसतर्फ लागेको उनले जानकारी दिए।

टिमुरको बिरुवा बाहिर किन्दा रु १०० देखि रु १५० सम्म पर्ने भए पनि समूहमार्फत ल्याउँदा प्रतिबिरुवा रु ४० परेको उक्त कृषक समूहले जनाएको छ । बिरुवाका लागि जडीबुटी विकास कार्यक्रममार्फत रु आठ लाख ५० हजार विनियोजन भएपछि डिभिजन वन कार्यालयसँग समन्वय गरेर बिरुवा खरिद गरी ल्याएर लगाइएको समूहका कोषाध्यक्ष गिनेन्द्रबहादुर गुरुङले जानकारी दिए।

जडीबुटी कार्यक्रमअन्तर्गत यस वर्ष पनि हिलेखर्क क्षेत्रमा टिमुरखेतीको बिस्तार गर्ने योजना रहेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको अन्य उपयुक्त स्थानमा पनि टिमुरखेतीका लागि पहल गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । टिमुरको माग अत्यधिकमात्रामा रहेकाले टिमुरखेतीको भविष्य राम्रो देखिएको उनले बताए।

हिलेखर्क घरबासको नाउँले प्रसिद्ध मानिन्छ । पछिल्लो समय कृषि क्षेत्रमा समेत पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको स्थानीयवासी बताउँछन् । यसरी टिमुरखेती गर्ने लहर बढ्न थालेपछि सोही वडास्थित ज्यामिरे, ढिडेगाउँ, ढापस्वाँरा, सिरानखोलालगायतका बासिन्दालेसमेत टिमुरखेतीका लागि चासो देखाउन थालेको बताइएको छ ।

औषधिजन्यमा प्रयोग

टिमुर प्रायजसो अचारमा छोपका रुपमा प्रयोग गरिँदै आए पनि यसको महत्व कमैले बुझ्ने गरेका छन् । टिमुर औषधिका रुपमा प्रयोग गर्न सकिने हुँदा बजारमा यसको माग बढी रहेको पाइन्छ । टिमुरलाई पेलेर निकालेको तेल र छोक्रा दुवै औषधिका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख बरालले बताए।

टिमुरलाई धेरै औषधिका रुपमा प्रयोग गर्न सकिने हुँदा बजारमा यसको माग बढिरहेको छ । परिपक्क टिमुरको एक बोटबाट करिब पाँच किलोसम्म टिमुर उत्पादन हुन्छ । टिमुरको मूल्य अहिलेको बजार भाउअनुरुप प्रतिकिलो रु सातदेखि ९०० सम्म बिक्री गर्ने गरेको छ ।

बिक्रीमा समस्या छैन

टिमुर उत्पादनपछि बिक्रीका लागि बजारको कुनै किसिमको समस्या नरहने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । नेपालमा करिब २० प्रतिशत टिमुर उत्पादन हुने र अन्यत्रबाटै आयात भएमात्रै उपभोग गर्न सकिने बाध्यता रहिआएको छ । स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म टिमुरको माग अत्यधिक रहेको छ । उत्पादन गरिएको टिमुर बिक्रीका लागि कुनै समस्या छैन । उनले भने, “टिमुर बहुउपयोगी वस्तु भएकाले जति उत्पादन गरे पनि सहजरुपमा खपत हुन्छ ।” रासस

कसरी गर्ने टिमुर खेती : फाइदा जानिराखौ

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments