धानमा नाईट्रोजन खाद्यतत्व ब्यबस्थापनको लागि लिफ कलर चार्ट(Leaf Color Chart) प्रयोग
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । बालिको उत्पादन बढाउन कै लागि बोट्बिरुवामा मलखाद दिने गर्दछौं ,तर आजभोलि उत्पादन बढाउने नाममा जथाभावी सिफारिस बिना नै रासायनिक मल विशेषत नाईट्रोजनयुत्त मल प्रयोग भैरहेको छ । यसले गर्दा उत्पादन लागत बढ्नुका साथै वातावरणलाई नै खलल पुर्याइरहेको छ , फेरि बढी रासायनिक मल प्रयोग गर्दा उत्पादन बढ्ने पनि त होइन । तसर्थ उत्पादन वृद्धिका लागि लिफ कलर चार्टको प्रयोग गरि नाईट्रोजनको सहि ब्यबस्थापन गर्नुपर्दछ। लिफ कलर चार्ट नाईट्रोजन खाध्यतत्व टेस्ट गर्ने सजिलो र सस्तो तरिका हो। जुन उच्च गुणस्तरको प्लास्टिकको प्रयोगगरि बनाइन्छ। Yellowish Green हुँदै Dark Green सम्मका ४ वटा बक्स(Panel Board) रहेका हुन्छ्न , भने Standardized LCC ५ इन्च लामो हुन्छ।

लिफ कलर चार्ट कसरी प्रयोग गर्ने?
१)सर्बप्रथम रोग नलागेका १० वटा धानका बिरुवा Randomly छनोट गर्ने।
२)बिरुवाको सबैभन्दा माथिको पुर्ण रुपले खुलेको पात लिने।
३)पातको बिचको भाग चार्टमा राख्ने र पातको कलरसङ्ग तुलना गर्ने।
४) प्रयोग गर्ने ब्यत्तिको छायांमा पारी पातको रङ्गको नाप लिने ,किनकी सिधै सुर्यको प्रकाश पर्दा पातको रङ्गको नाप(Reading) सहि हुदैन।
५)रङ्ग मिल्ने बक्स(Panel Board)को तल लेखिएको अङ्क टिप्ने।
६)एउटा खेतबाट १०-१५वटा पातको अङ्क लिने ।
सम्भव भए सबै पातको नमुना एउटै ब्यक्तिले लिने।
७)१०-१५ पातको Reading लिई अङ्क टिप्दा पाँच भन्दा बढी पातको अङ्क ४ भन्दा कम भएमा युरिया प्रयोग गर्ने।
८)नाईट्रोजन २५-३०किलोग्राम प्रती हेक्टर वा ५५-६५ किलोग्राम प्रती हेक्टर युरिया प्रयोग गर्ने।
लेखक:- प्रदिप भारति