किन किसानले थोपा सिचाइ प्रयोग गर्ने?
थोपा सिचाइ भनेको के हो?
यो सिचाइको एउटा तरिका हो जस्ले पानीको बचत गर्छ र बिरुवा अनि रुखको जरामा पानीको ढिलो ढिलो सुख्न मद्दत गरि मलको धेरै उपयोग गर्न मद्दत गर्द्छ । थोपा सिचाइ वॉल्व्स, पाइप, ट्यूब्स र एमीटर्स सङ्ग जोडिएको एउटा नेट्वोर्कको मद्दतबाट काम गर्छ । थोपा सिचाइ प्रक्रियामा माईक्रो स्प्रेय हेड्स तरिकाको पनि प्रयोग गर्न सकिन्छ ।
यो मेसिनले एमीटर्सको तुलनामा पानीलाई सानो छ्त्रमा फैलाउछ । सामान्यतया येस्तो हेड लामो र फैलिएको जरा भएको बिरुवा वा रुखको सिचाइको लागि प्रयोग गरिन्छ ।
कम पानी भएको ठाँउमा सब सरफेस थोपा सिचाइको प्रयोग गरिन्छ ।
अनुकूल थोपा सिचाइ व्यवस्थाको पत्ता लगाउन विभिन्न तत्त्वको ध्यान राख्नु पर्द्छ जस्तै माटो, पानी, बिरुवा, कृषि जलवायु स्थिति आदि । अधिकांश खेती गरिने तरिकामा थोपा सिचाइको प्रयोग गर्न सकिन्छ । जस्तै व्यावसायिक ग्रीन हाउस खेती, पॉलीहाउस खेती, शेड नेट फार्मिंग आदि ।
स्प्रींल्कर इरिगेशन व्यवस्था सग तुलना गर्ने हो भने थोपा सिचाइ धेरै फाइदाजनक सबित हुनेछ । सामान्य तया ठुलो थोपा सिचाइ आयोजनामा फिल्तरको प्रयोग गरिएको हुन्छ जस्ले छोटो एमीटरको बहाब पानीमा मिसिएको ठोस बस्तु हरुको अवरोद्द लाई रोक्द्छ।
बर्तमान समयमा घरको बगैंचाको लागि थोपा सिचाइ ड्रिप( थोपा ) किटको रूपमा उपलब्ध छ। यो किटमा एउता टाइमर, हौज र एमीटर हुन्छ ।
थोपा सिचाइमा प्रयोग हुने यन्त्रहरु
१. पंप
२. वाटर फिल्टर पानी छान्नको लागि
३. दबाव नियंत्रक जस्तै वॉल्व वा रेगुलेटर
४. ब्याक वाटर रोक्ने यन्त्र
५. ठुलो पाइप र पाइप फिटिंग्स
६. हाइड्रोलिक वॉल्व्स
७. लेटर्ल्स ( कम मोटाई भएको पोली ट्यूब्स )
८. पॉली फिटिंग्स
९. एमीटर्स माइक्रो स्प्रे हेड, इन-लाइन ड्रिपर वा इन-लाइन ड्रिप ट्यूब
थोपा सिचाइको फाइदाहरु
१. पानीको कम उपलब्धता भएको स्थानको लागि फाइदाजनक ।
२. खेतीको धेरै उत्पादन र समय भन्दा अगाडि हुने सम्भावना बढछ् ।
३. पानीको धेरै र राम्रो तरिकाले प्रयोग
४. सिमित प्रयोगको कारण मल र पोषक तत्त्वको ह्रासको कम गर्द्छ ।
५. गोडमेल सजिलोसँग गर्न सकिन्छ
६. बिरुवाको जरा सम्म पानीको वितरण समान रूपमा हुन्छ
७. झार पातको नियन्त्रण सजिलोसँग गर्न सकिन्छ
८. जमिन समथर बनाउनु पर्ने आवश्यकता नहुने
९. एक समान पानी वितरणबाट बिरुवाको जरामा पानीको कमि हुन् दिदैन
१०. मलको प्रयोग थोपा सिचाइमा पानी सगै गर्न सकिन्छ जसबाट मलको बचत गर्न सकिन्छ
थोपा सिचाइको बेफाइदाहरु
१. ओवरहेड व्यवस्थाको तुलनामा थोपा सिचाइमा खर्च धेरै हुन सक्नेछ ।
२. स्प्रींक्लर सिस्टमको जस्तै पाला नियन्त्रणमा येस्को प्रयोग गर्न सकिदैन
३. सुर्यको किरणको कारणले ड्रिप( थोपा ) ट्यूब व्यवस्थाको आयु कम हुन्छ
४. छान्ने काम राम्रो सग भएन भने यसबाट अवरोध हुन सक्छ
थोपा सिचाइको अनुमानित खर्च
१२ मिटर × १२ मिटर = १७,८००
१० मिटर × १० मिटर = २०,३००
५ मिटर × ५ मिटर = २५,२००
२ मिटर × २ मिटर = ३५,७००
१ मिटर × १ मिटर = ४४,०००
नेपाल सरकारबाट अनुदान प्राप्त भएको अवस्थामा यो रकममा हेरफेर आउनेछ ।
सामान्यतया थोपा सिचाइको खर्च बिरुवा बिरुवाको दुरिमा निर्भर हुन्छ ।