तरकारी ८० प्रतिशत महँगो

काठमाडौँ : उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ ।

बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ । समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भित्रिँदासमेत भाउ बढेको छ ।

समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपियाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपियाँमा किनबेच भइरहेको छ भने प्रतिकेजी ५६ रुपियाँ थोकमा कारोबार भएको गोलभेँडा ७० रुपियाँ भएको छ । यस अवधिमा करेला प्रतिकेजी २२ रुपियाँबाट ३० रुपियाँ, तामा प्रतिकेजी ९० रुपियाँ थोक मूल्यबाट ११० रुपियाँ पुगेको छ । यस्तै तनेबोडी प्रतिकेजी ९५ रुपियाँ थोक मूल्य बढेर ११० रुपियाँको पुगेको समितिले जनाएको छ । यी तरकारीको भाउ खुद्रा बजारमा अझै छोइ नसक्नुछ । एक दिनमै ८० प्रतिशतसम्म तरकारी महँगो हुनु तरकारी व्यापारीको कालोबजारी भएकाले अनुगमन गरेर कारबाही गरिनुपर्ने बताइएको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्सिनाले एक दिनमै तरकारीको भाउमा यतिका धेरै मूल्य अन्तर व्यापारीको चलखेल भएकाले अनुगमन गरेर कारबाहीको माग गर्नुभयो । व्यापारीले तीजको मौका तरकारीको माग बढी हुने र जति मूल्य भने पनि किन्ने भएपछि मनपरी रूपमा मूल्य बढाएको उहाँको भनाइ छ ।

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने गुनासो आउँला अनि अनुगमन गरौँला भनेर बसेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अहिलेको अप्ठ्यारो अवस्थामा जथाभावी मूल्य बढाएको पाइएमा अनुगमन गरेर कारबाही गरिने बताउनुभयो ।

उहाँले तरकारी फलफूल वा अन्य खाद्यान्नको मूल्य वृद्धिका विषयमा विभाग संवेदनशील भएकाले जुनसुकै समयमा बजारको अनुगमन गरिने र अनुगमनका क्रममा कैफियत भेटिएको खण्डमा अनुसार कारबाही गरिने बताउनुभयो । अन्य खाद्यान्नभन्दा पनि तरकारी र फलफूलको भाउ छिट्टै उत्तार चढाव हुने भएकाले खरिद बिल र बिक्री मूल्यका आधारमा कारबाही हुने महानिर्देशक सुवेदीको भनाइ छ ।-गोरखापत्र अनलाइन

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments