पाक्न थाल्यो स्याउ उत्पादन भने घट्ने

नेत्र शाही

जुम्ला । जुम्लामा स्याउ पाक्न थालेको छ । जुम्लामा कोरोनाको कहरले निषेधाज्ञा भए पनि गाउँका किसान स्याउ टिप्न र संरक्षणमा व्यस्त छन् । तर निषेधाज्ञाले आवत जावत ठप्प भएकाले बजारमा स्याउ देखिएको छैन ।

कृषि विकास कार्यालय जुम्लाले पनि भदौ १० गतेबाट मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न सुरु गरेको जनाएका छन् । पछौटे स्याउ पनि पाक्ने क्रम बढ्दै रहेको किसानले बताएका छन् ।

स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार दिन प्रतिदिन जुम्लाको स्याउले दिन प्रतिदिन अहिले रङ बढिरहेको छ । जति बढी रङ आयो त्यति नै बढी रसिलो र मीठा हुँदै उहाँको भनाइ छ ।

यस सिजनमा जुम्लामा १२ हजार मेट्रिक टन स्याउ फल्ने पूर्वानुमान गरिए पाँच हजार एक सय मेट्रिक टन मात्र स्याउ फल्ने संशोधित अनुमान छ । स्याउमा फल कम लागेका कारण किसानलाई ठूलो घाटासमेत हुने भएको छ ।

जिल्लाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा तुसारो लागेपछि फल नलागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार असिनाका कारणसमेत केही प्रभाव पा¥यो, अनि केही स्थानमा एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने भएपछि यस्तो समस्या आएको हो ।

कृषि कार्यालयका अनुसार जुम्लामा विभिन्न १२ जातका स्याउ खेती हुने गरेको छ । यस वर्ष फुजी स्याउमा राम्रो फल लागेको छ । -गोरखापत्र अनलाइन

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments