सङ्खुवासभामा शुरु भयो ड्रागन फलको व्यावसायिक खेती

ध्यान कुलुङ
सङ्खुवासभा
। पछिल्लो समय चर्चामा रहेको ड्रागन फलको सङ्खुवासभामा पनि ब्यावसायीक खेती सुरु गरिएको छ । खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा स्थानीय भिम श्रेष्ठले ब्यक्तिगत लगानीमा फलको खेती सुरु गर्नुभएको हो ।

यस फलका विज्ञहरुबाट परामर्श लिएर यहि बर्षबाट ड्रागन फलको ब्यावसायीक खेती सुरु गरेको ब्यावसायी श्रेष्ठले जानकारी दिनुभयो । पहिलो चरणमा साडे पाँच रोपनी जग्गामा सात सय विरुवा लगाएको श्रेष्ठले जानकारी दिनुभयो । सुरुमा केहि बिरुवा ललितपुरबाट र बाँकी बिरुवा ईटहरीबाट ल्याएर रोपेको जानकारी दिनुभयो । ब्यावसायी श्रेष्ठका अनुसार ड्रागन फल तीन प्रकारको हुन्छ । रातो, सेतो र पहेलो गरी तीन प्रकारकै बिरुवा लगाएको उहाँले जानकारी दिनुभयो ।

ड्रागन फलको महत्व बुझाउन सके स्थानीय स्तरमा नै यो फल विक्रि हुने श्रेष्ठको दावी छ । क्यान्सर प्रतिरोधात्मक क्षमता भएको यो फलबाट चार बर्षपछि कम्तिमा बार्षिक १० लाख रुपैयाँ आमदामी हुने अपेक्षा रहेको ब्यावसायी श्रेष्ठले बताउनुभयो । यो फलको बिरुवा एक पटक लगाएपछि करिव २५ बर्षसम्म लगातार उत्पादन दिने भएकोले अन्य बिरुवाहरु भन्दा लाभदायी हुने श्रेष्ठले दावी गर्नुभयो । एक पटक विरुवा लगाएपछि गोडमेल र मलखाँदको ब्यवस्था मिलाए अन्य खेती जस्तो स्याहार पनि आवश्यक नपर्ने भएकोले यो खेतीको सुरुवात गरेको उहाँले बताउनुभयो ।

श्रेष्ठको ड्रागन फलको खेती जिल्लामा नै पहिलो रहेको कृषी ज्ञान केन्द्रका प्रमुख गोविन्द प्रसाद आचार्यले बताउनुभयो । ड्रागन फलको लागि तुम्लिङटार क्षेत्रको हावापानी उपयुक्त रहेको बताउनुहुँदै यसको सम्भावना उच्च रहेको उहाँले बताउनुभयो । यस्ता ब्यावसायीक कृषकहरुका लागि कृषी ज्ञान केन्द्रले विभिन्न शिर्षकमा अनुदान उपलब्ध गराउदै आएको समेत प्रमुख आचार्यले जानकारी दिनुभयो ।

लफुल बगैचा स्थापना, नमुना फार्म स्थापना लगायतका कार्यक्रममा ७५ प्रतिशतसम्म अनुदान दिने भएकोले यस्ता कार्यक्रममा सहभागी भएर अनुदान लिन सक्ने समेत आचार्यले जानकारी दिनुभयो ।-गोरखापत्र अनलाइन

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments