एउटै किसानले दैनिक ३०क्विन्टल परबर उत्पादन : बजार अभावले खेती नै छाड्नुपर्ने अवस्था

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिकाका किसानले बजार अभवाका कारण परबर खेती गर्न छाड्दै जान थालेका छन् । नगरपालिकाका छभन्दा बढी वडाका सय बढी किसान परिवारले परबर खेती गर्दै आएकामा हाल घटेर दुई वडाका २० देखि ३५ परिवारले मात्रै खेती गर्ने गरेका छन् ।

नगरपालिकाको दोधाराको परबर भारतको नयाँदिल्लीसम्म निर्यात हँुदै आएको थियो । भारतीय बजारमा निर्यात हुँदै आएको परबर भारतीय सीमा सुरक्षा बलले लैजानमा रोक लगाएपछि किसान घट्दै गएका हुन् । विगतमा एउटै किसानले दैनिक ३० देखि ३५ क्विन्टल परबर उत्पादन गर्दथे । बजार नभएपछि हाल ३५ बढी परिवारले मुश्किलले दैनिक १५ क्विन्टल परबर उत्पादन गर्ने गर्दछन् ।

उत्पादित परबर हाल स्थानीय बजारसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ । परबर प्रतिकिलो रु ५० का दरले बिक्री भैरहेको नगरपालिका–८ का किसान रामबहादुर खडकाले बताउनुभयो । महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट साइकल र मोटरसाइकलमा परबर लैजानु पर्ने यहाँका किसानको बाध्यता छ । ढुवानी गर्न नसक्दा समेत उत्पादित परबरले बजार पाउन नसकेको किसानहरुको भनाइ छ ।

पहिले दश कठ्ठादेखि एक विघा क्षेत्रफलमा गरिदै आएको परबरखेतीबाट वार्षिक रुपमा यहाँका कृषकले विगतमा एक लाखदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए । हाल किसानले परबर बेचेर रु ४० हजारदेखि ७० हजारसम्म आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । माघ, फागुनको महिना रोपेको परबलले वैशाखदेखि कात्तिकसम्म उत्पादन दिने गर्दछ ।

परबर खेती प्रर्वद्धनका लागि योजना ल्याउन लागेको नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिंजालीले बताउनुभयो । उहाँका अनुसार वडामार्फत परिचालन हुने गरी रु ३० लाख र नगर प्रमुख कृषि प्रर्वद्धन कार्यक्रमअन्र्तगत कृषि क्षेत्रमा परिचालनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । (रासस)

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments