उत्पादन भएको मकैले बजार नपाउदा किसानलाई घर खर्च चलाउन समस्या

नारायणपुर। दाङको गढवा गाउँपालिका­७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन ।

चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गरेका थिए। गत वैैशाख महिनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि बिक्री नभएको उनले बताए । मकै बिक्री गरेर भएको आम्दानीले घर खर्च चलाउने चौधरीलाई बिक्री नहुँदा समस्या भएको छ ।

गत वर्ष घरबाटै मकै बिक्री गरेका चौधरीले यस वर्ष मकै किन्नका लागि कोही नआएको बताए । गत वर्षको बिक्री मूल्यभन्दा आधा कम मूल्य कायम राख्दा पनि मकै बिक्री नभएको उनको भनाइ छ ।

कृषकले उत्पादन गरेका कृषि उत्पादन सरकारले मूल्य निर्धारण गरेर किन्ने व्यवस्था गरिदिएमा कृषकलाई सहज हुने चौधरी बताउँछन् ।

सोही ठाउँका रामबहादुर चौधरीको पनि मकै बिक्री हुन सकेको छैन । उनले वैशाखमा तयार गरेको बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल बिक्री भएको छैन । गएको फागुनसम्म तयार भएको मकै रु ३५ केजीमा बिक्री भएपनि पछि उत्पादन भएको मकै बिक्री भएको छैन ।

मकैको भाउ अहिले बजारमा प्रतिकेजी रु १८ मात्रै छ । “बजार भाउमा नै बिक्री गरौँ भन्दा पनि ब्यापारीले लिन मान्दैनन्”, चौधरीले भने ।

लमही नगरपालिका­८ सतबरियाका देउमन चौधरीले गत वर्षभन्दा आधा मूल्यमा मकै बिक्री गरेको बताए । गत वर्ष रु ३५ प्रतिकेजीको दरले मकै बिक्री गरेका चौधरीले यस वर्ष रु १८ प्रति केजीका दरले बिक्री गरेको बताए ।

बन्दाबन्दीले गर्दा दाना उत्पादन कम भएको कारण मकैको मूल्य घटेको ब्यापारीहरु बताउँछन् । उत्पादित मकै जिल्ला बाहिर नगएको र पशुको आहारा घटेको कारण किसानले मूल्य नपाएको पशुविज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले बताए । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments