धानको समर्थन मूल्य तोक्ने विषय कार्यान्वयनमा कृषिमन्त्री भुसालको जोड

झापा । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सरकारले प्रस्ताव गरेको धानको समर्थन मूल्य तोक्ने विषय कार्यान्वयनमा जोड दिनुभएको छ ।

आन्तरिक उडान सुरु भएसँगै सोमबार झापा आइपुग्नुभएका मन्त्री भुसालले सोही साँझ विर्तामोडमा झापाका अगुवा सहकारीकर्मीहरुसँग छलफल गर्दै आम किसानको हितका लागि आफ्नो मन्त्रालयले प्रस्ताव गरेको धानको समर्थन मूल्य तोक्ने सन्दर्भमा सहयोग गर्न आग्रह गर्नुभयो ।

बिर्तामोड नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच मन्त्री भुसालले तल्लोतहका किसानले आफूले गरेको लगानीमा उचित मुनाफा आर्जन गर्न नसकुञ्जेल कृषि क्षेत्रको विकास असम्भव हुने बताउँदै पहिलो चरणमा धानमा किसानलाई लाभ सुनिश्चित गर्न खोजेको बताउनु भयो ।

उहाँले धान उत्पादनमा प्रदेश नं १ अग्रणी रहेकोले छलफलको सुरुआत यहीबाट गर्न खोजेको बताउँदै मन्त्री भुसालले धानपछि अन्य खाद्यान्न, दलहन, तेलहनलगायतका कृषि वस्तुमा समर्थन मूल्य तोकेर कृषकलाई ढुक्कसँग कृषिकर्ममा लागिरहन प्रेरित गर्ने आफ्नो मन्त्रालयको योजना रहेको उल्लेख गर्नुभयो ।
कृषिप्रधान देश भनिए पनि अरु देशको तुलनामा कृषि क्षेत्रको प्रवर्द्धनमा नेपाल धेरै पछि रहेको भन्दै मन्त्री भुसालले यसमा आमूल परिवर्तनको खाँचो रहेको र त्यसका लागि तीनै तहका सरकारको समन्वयात्मक क्रियाशीलता आवश्यक रहेको बताउनु भयो ।

झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा सङ्घका सञ्चालक कृष्णप्रसाद मित्रले सञ्चालन गरेको कार्यक्रममा प्रदेश नं १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानासमेतको उपस्थिति थियो । -रेडियो नेपाल

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments