दशैंमा अनलाइनबाटै च्याङ्ग्रा र खसी

काठमाडौँ। दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले बिहीबारदेखि सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले उपत्यकासहित देशका विभिन्न भागमा सहुलियत मूल्य पसल सञ्चालन गरेका छन् । यो वर्ष उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दाल, गेडागुडी, तेललगायतका खाद्यवस्तु अनलाइनबाट खरिद गर्न सकिने थप व्यवस्था गरेको छ ।

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कम्पनीले उपत्यकामा पाँच स्थान र उपत्यकाबाहिर २४ स्थान गरी २९ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको र उपत्यका र सुर्खेतमा यी सामान अनलाइन अर्डरबाट घरघर पु¥याइने जानकारी दिनुभयो ।उहाँले ग्राहकलाई सहज होस् भनेर कम्पनीले उपत्यकामा बिक्री गर्ने च्याङ्ग्रा र खसीबोका पनि अनलाइनबाट बिक्री गर्नेगरी तयारी भएको जानकारी दिनुभयो । खसीबोका अनलाइनबाट बिक्री गर्न हामीलाई त कुनै समस्या छैन । ग्राहकलाई चित्त बुझाउन सकिँदैन कि भन्ने हो, सकेसम्म यो सेवा पनि अनलाइनमार्फत नै गर्नुपर्छ भन्ने हो, उहाँले भन्नुभयो ।

खाद्य कम्पनीले बिक्री गर्ने सामानमा प्रतिकेजी पाँच रुपियाँदेखि १० रुपियाँसम्म छुटको व्यवस्था गरेको पनि उहाँले जानकारी दिनुभयो । खाद्य कम्पनीले बिक्री गर्ने सामानमा खसीबोका, च्याङ्ग्राबाहेक घटीमा दुई हजार र बढीमा पाँच हजारसम्मका सामानको अर्डर गर्न पाइने व्यवस्था गरेको छ ।साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका महाप्रबन्धक उर्मिला श्रेष्ठले नुनमा दुई रुपियाँ र चिनीमा पाँच रुपियाँ र अन्य सामानमा छुट दिने व्यवस्था गरेको जानकारी गराउनुभयो । कर्पोरेसनले उपत्यकामा तीनवटा मोबाइल भ्यानसहित ११ स्थानमा र उपत्यकाबाहिर २४ स्थान गरी ३५ स्थानबाट यी सामानको छुट दिने जानकारी दिनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यसपटक काठमाडाँै उपत्यकामा कर्पोरेसनका ११ स्थान, खाद्य कम्पनीका पाँच स्थान र दुग्ध विकास संस्थानका तीन गरी १९ स्थानमा सहुलिय मूल्य पसल सञ्चालन गरिने छ भने उपत्यकाबाहिर कर्पोरेसन र खाद्य कम्पनीका २४÷२४ स्थानमा गरी ६८ स्थानमा सहुलियत पसल सञ्चालन गरिने सो मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ ।गोरखापत्र

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments