थाहा पाउनुहोस् , यस्तो छ जमरा जुस पिउनुको फाइदा

नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भइसकेको छ। परिवारसँगको लामो समयपछिको भेटघाट र मीठामीठा परिकार खानु अनि दशमीको दिन मान्यजनको हातबाट निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आशीर्वाद लिनु दशैँको विशेषता नै हो। त्यसैले दशैँलाई मान्यजनको हातबाट आशीर्वाद लिने सँगसँग जमरा लगाउने पर्वसमेत भनेर बुझ्ने गरिन्छ।

दशैँको टीकाको दिन पहेँलो जमरा लगाउनुमा धार्मिक महत्त्व र विश्वाससँगै यसको औषधीय गुण पनि त्यति नै महत्त्वपूर्ण रहेको छ। जमरा एक महत्त्वपूर्ण आयुर्वेदिक औषधिसमेत हो, जसले स्वास्थ्यका लागि निकै फाइदा पुर्‍याउँछ। गहुँको जमरा प्राचीनकालदेखि नै लोक तथा आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुँदै आएको छ। यसलाई अहिले आधुनिक चिकित्सामा समेट्ने समेत प्रयास गरिँदै छ। बजारमा बट्टामा बन्द गरिएका जमराका केही जुसहरू पनि पाइन्छन्। यसलाई घरमै पनि तयार गर्न सकिन्छ।

हामीले दशैंमा जसरी जमारा उमार्छौ, ठिक उसैगरी गहुँ को जमरा उमार्न सकिन्छ । यसलाई प्रकृतिको अनमोल देन मानिन्छ । किनभने यो अमीनो एसिड, इन्जाइम, भिटामिन र प्रोटिनको राम्रो स्रोत हो । यी पोषक तत्वले शरीरको मृत्त कोशिकालाई पूनर्जीवन दिन्छ र पीएच लेभल सन्तुलित राख्छ ।

भेज वा ननभेज खानुभन्दा बढी गुणकारी एवं फाइदाजनक हुन्छ, गहुँ को जमराको जुस । यसले शरीरमा अक्सिजनको कमी पुरा गरेर शक्ति प्रदान गर्छ । यसले कमजोर हटाउँछ । शरीरको उर्जा बढाउँछ ।

के छ त यसको फाइदा ?

छालालाई जवान राख्ने – छालालाई जवान, चम्किलो, मुलायम राख्नका लागि गहुँ को जमराको जुस एकदमै प्रभावकारी हुन्छ । किनभने यसमा प्राकृतिक न्यूटि्रशन र एन्टि अक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरमा बुढोपन आउन दिदैन । नियमित रुपले यो पेय पिउँदा छाला हाइड्रेट रहन्छ । छालाको दाग, धब्बा पनि हट्छ । चाहुरीपन हट्छ ।

केसलाई कालो र स्वस्थ्य बनाउँछ
– समय नपुगी कतिको केस फुल्ने गर्छ । हाँगा फाट्ने, रुखो हुने, झर्ने समस्या पनि धेरैले झेलिरहेका हुन्छन् । यदि दिनहुँ गहुँ को जमराको जुस पिउने हो भने केसका यी तमाम समस्या हट्छ ।

होमोग्लोबिन बढाउँछ
– गहुँ को जमराको जुसले शरीरमा रक्त संचार प्रक्रिया चुस्त बनाउँछ । यसले शरीरमा नयाँ रगत बनाउँछ र पुरानो रगत विस्थापित हुन्छ । साथै शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ ।

ब्लड शुगर नियन्त्रण गर्छ– मधुमेह नियन्त्रणका लागि पनि गहुँ को जमराको रस पिउनुपर्छ । यसले रगतमा ग्लूकोजको मात्रा नियन्त्रण गर्छ ।

क्यान्सरको उपचार– गहुँ को जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ । यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । किमोथेरापी वा रेडियोथेरापीको क्रममा पनि यस्तो रस पिउन सल्लाह दिइन्छ ।

कब्जियतको उपचार
– कब्जियतको समस्या झेलिरहेकाहरुले पनि गहुँ को जमराको जुस सेवन गर्न सक्छन् । यसले शरीरको पाचन क्रिया चुस्त राख्छ ।

अन्य लाभ

– पोलेको वा काटेको घाउमा गहुँ को जमराले औषधीको काम गर्छ ।
– गलाको कुनैपनि इन्फेक्सन क मगर्न यो उपयोगी हुन्छ ।
– उच्च रक्तचापका रोगीहरुले नियमिन रुपमा जौको जमराको जुस पिउनुपर्छ ।
– यसले मोटोपन नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

कहिले पिउने ?

यो जुस पिउनका लागि कुनै निश्चित समय हुँदैन । तर, यो जुस पिउनुभन्दा आधा घण्टा अघि वा पछि खानपिन गर्नु हुँदैन ।
बिहान खाली पेटमा गहुँ को जमराको जुस पिउनु बढी फाइदाजनक हुन्छ ।
चिसोमा, रुघामा, टाउको दुखेको बेला, पखला लागेको बेला, कब्जियत हुँदा गहुँ को जमराको जुसले फाइदा गर्छ ।

एजेन्सी

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments