व्यावसायिक टर्की पालन गर्दै यातयात व्यवसायी : मासिक ५० हजार आम्दानी

अमरराज नहर्की

तनहुँ : तनहुँको व्यास नगरपालिका–११ पोल्याङ्का यातयात व्यवसायी कृष्णप्रसाद पौडेलले यतिबेला व्यावसायिक कृषक बन्नुभएको छ । व्यासभूमि यातायात व्यावसायी समितिमा सञ्चालक समितिको सदस्य रहनु भएका पौडेललाई कोरोना भाइरसको सङ्क्रमणले यातयात व्यवसायबाट घाटा भएपछि रहरले पालेको टर्की व्यवसायिक बनाउनुभएको छ । पौडेल र उहाँको श्रीमती शोभा दुई जना मिलेर टर्की पालनलाई व्यावसायिक बनाउनुभएको हो ।
५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यसक्षेत्रका बासिन्दाहरु यसतर्फ आर्कर्षित हुदै गएका हुन् । टर्की व्यवसाय सञ्चालनको लागि सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप दश वटा देखि ७० वटा सम्म टर्की पाल्न थालेको पौडेलले जानकारी दिनुभयो ।

लोकल कुखुरा र बट्टाई पाल्दै आउनुभएका पौडेलले टर्कीसम्बन्धी तालिम लिएपछि टर्की पाल्न शुरु गर्नुभएको थियो । टर्कीको मासु प्रतिकिलो रु.एक हजारमा बिक्री हुने शोभाले जानकारी दिनुभयो । बुटवलबाट मगाएर टर्की पालन शुरु गरेको उहाँेल जानकारी दिनुभयो । शोभाका अनुसार टर्की, कोडाकनाथ, फेन्सीजात, लौकाड, हाँस, बट्टाई, लोकल कुखुरा लगायतका नौ जातका महँगा र औषधीजन्य पन्छीहरु पाल्दै आए पनि कोरोनाका कारण अन्य सबै बिक्री गरेर अहिले टर्की मात्रै पाल्दै आएको उहाँले बताउनुभयो । एक दिने चल्लाको रु.तीन सय ५० देखि चार सय ५० सम्म मूल्य पर्ने र ६ महिनापछि खान योग्य हुने उहाँले बताउनुभयो ।

चार महिनापछि महिनामा दुई किलोसम्मको दरले बढ्ने, बोसोरहित हुने र मानिसको हड्डी मजबुत बनाउनुका साथै मुटु,सुगर प्रेसर लगायतका दीर्घकालिन रोगी सबै प्रकारका बिरामीले खान मिल्ने भएकोले यसको मासुको माग बढिरहेको पौडेलले जानकारी दिनुभयो ।चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने,पाल्दा दुर्गन्ध नहुने र रोगले झ्वाट्ट आक्रमण नगर्ने भएकोले जोखिम पनि कम हुने हुँदा पोल्याङका बासिन्दाको त्यसतर्फ आकर्षण बढ्न पुगेको सोही ठाउँ निवासी शिक्षक लोकराज सेढाईले जानकारी दिनुभयो । पौडेलको सिको गर्दै अन्य १४ जनाले पनि टर्की पाल्ल्न थालेको उहाँले बताउनुभयो । तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढी रहेकोले माग अनुरुप पूर्ति गर्न नसकिएको शोभा पौडेलले बताउनुभयो ।

‘पाल्नको दुःख पनि छैन हाल आएर मासिक ५० हजार रुपियाँ मुनाफा भईरहेको छ फाल्टु समयको सदुपयोग पनि भएको छ कमाई पनि राम्रो छ ।’ शोभाले भन्नुभयो । भाटभटेनी लगायत ठुला ठुला होटलहरुमा यसको बढि माग हुने भएकोले टर्की पालनतर्फ आर्कर्षित भएका हौ । उहाँले भन्नुभयो । एक सय टर्की पाल्दा ६ महिनाको अवधिमा झण्डै रु.चार लाख सम्म कमाउन सकिने किसान पौडेल बताउनुहुन्छ । लोकल कुखुरा, खसीबोकाको तुलनामा टर्कीको मासुभन्दा स्वादिष्ट र फाइदाजनक रहेकोले सम्भव भए र पाएसम्म बुझ्ने मानिसहरुले टर्कीकै मासु खाने गरेका छन् ।

ए ग्रेड जातको टर्की नौ महिनामा १८ किलोग्रामसम्म तौल हुन्छ । उहाँले भन्नुभयो ‘शुरु शुरुमा त काटेर बिक्री गर्न गाह्रो भयो, अहिले हप्तामा एउटा टर्की घरमै काट्दा बिक्री भैरहेको छ ।’गाउँघरमा सबैले टर्की पाल्न शुरु गरेपछि केही महिनाअघि आफुले पनि ७० वटा टर्की ल्याएर पाल्न थालेको अर्का स्थानीय सुभद्रा कार्की पराजुलीले बताउनुभयो । तीन महिना अघि देखि ल्याएर आफुले पहिलो पटक टर्की पाल्न शुरु गरेको उहाँले जानकारी दिनुभयो । उक्त क्षेत्रका थप २० घर परिवारले समेत टर्की पाल्नको लागि चल्ला माग गरिरहेको कृषक पौडेलले बताउनुभयो । कोरोनाले बन्दाबन्दी खुलेपछि पनि यात्रुहरु कम भएकोले घाटा भएको र टर्की पालनको आम्दानीबाट किस्ता तिर्ने गरेको पौडेलले बताउनुभयो । गोरखापत्र

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments