व्यावसायिक कागती खेती,पर्यटनसंगै राजनीतिमा पाण्डे
नुवाकोट : नुवाकोट बेलकोटगढी नगरपालिका वडा न.१३ स्थित जामुने खेत अहिले कागती संगसंगै आलुखेतीले हराभरा छ ।
पर्यटकीय सहर काठमाण्डौ ठमेलमा बिगत लामो समयदेखि व्यवसायिक गार्मेन्ट उद्योग संचालन गर्दै आउनु भएका नुवाकोट घर भएका कृष्ण प्रसाद पाण्डे एक सफक कृषकको भूमिकामा बाधिएर अहिले आफ्नो गाउको करिब १७ रोपनी रहेको जामुने खेतमा १००० बोट कागती लगाउनु भएको छ। साथै उहाले आफ्नो बारीमा करिब १०० बोट लिचीबाट आम्दानि समेत लिन थालिसक्नु भएको छ ।
कागती लिची मात्रै नभएर अब आफ्नो गाउ,वडा,नगरपालिकालाई नै समेटेर बिभिन्न कृषिका योजनाहरु बनाएर कृषिक्रान्ति गर्ने सोच जागरका साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ।
कृष्ण प्रसाद पाण्डे सामाजिक कार्यमा पनि निकै सक्रिय छन् । गाउँघरमा बिकास कार्यमा निकै चासो देखाउने ब्यक्ति मध्ये पाण्डेको नाम अग्रपंक्तिमा आउँछ ।साथसाथै उहा राजनीतिमा पनि सक्रिय हुनुहुन्छ । १४ औं महाधिवेशन अन्तर्गत काङ्ग्रेस नगरसभापतिमा उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बेलकोटगढी–१३ का नेपाली काङ्ग्रेस नगरसभापतिमा उम्मेदवारी दिने घोषणा गरे सँगै युवाहरूमा एक किसिमको फरक जोस जाँगर आएको छ । २०४३ मा पिपुल्स क्याम्पसबाट राजनीति सुरु गरेका पाण्डे भन्छन् – “राजनीति मेरो पेशा हैन, व्यवसाय हैन, मुलत यो समाजमा केहि गर्न पर्छ र हामी गर्न सक्छौं भन्ने उदेश्यका साथ उम्मेदवारी घोषणा गरेको छु ।”
म मेरो आफ्नो ठाउँमा एक हिसाबले सफल भएको मान्छे हुँ, दाङ्गमैको डाँडा देखि यहाँ सम्म आइपुग्दा संघर्ष के हो भनेर चिनेको छु , त्यागको महत्व बुझेको छु र हार र जितको परिणाम बुझेको छु । बेल्कोटगढिको माटो चिनेको छु , भरोसा गर्नुस यहाँहरुको विश्वासलाई कायम गर्नेछु, म बोलेर भन्दा गरेर देखाउने मान्छे हुँ । मेरो उचित मुल्यांकन गर्दै मलाई सभापतिमा निर्वाचित गराइदिनुहुन यहाँहरु समक्ष बिनम्र अनुरोध गर्दछु भनी प्रतिबद्धता जनाएका छन् ।
उहा भन्नुहुन्छ “अहिले युवापुस्ताको आकर्षण र उल्लेखनीय सहभागिता देख्दा मलाई एकदम खुसि भएको छ। म यो पुस्तालाई आर्थिक हिसाबले कसैमाथि भर पर्न नपर्ने गरि युवा स्वरोजगार देखि उधमशिलता अभियान संचालन गर्दै आर्थिक हिसाबले आत्मनिर्भर नेतृत्व र पार्टि पंति बिकासमा कटिबद्द छु। म आफै पनि पर्यटन व्यवसायबाट एक किसिमको सफलता प्राप्त गरेको र हाल कृषि क्रान्ति बाटै बिकास सम्भव छ भनेर बेल्कोटगढिमै कृषि फर्म संचालन गरि कागती खेतीमा समर्पित भएको मान्छे हुँ। बिश्वाश गर्नुस, म कृष्ण प्रसाद पाण्डे, आफै उधमी रहिसकेको हिसाबले पनि आत्मनिर्भर नेतृत्व बिकास गराउनेछु। आफ्नो झोलै मात्र बोकाउने मेरो राजनीति हैन। राजनीतिमा कलंकको टिका बाट बच्न, सफा राजनीति गर्न आर्थिक पाटोबाट सक्षम हुनै पर्दछ भन्ने मेरो अटुट बिश्वास रही आएको छ र त्यसका लागि म समस्त युवा साथीहरु संग छु, उहाँहरुको उधमशिलता बिकास गराउंदै, स्वरोजगार र व्यवसायको अभियानमा सरकार देखि ब्याङ्कसम्मलाई कसरि सहभागी गराउन सकिन्छ भन्ने भिजन म संग प्रष्ट छ र म त्यसकोलागी प्रतिबद्द छु।”