किसान चिन्तित : धानको बालामा भूस मात्रै

सर्लाही :सर्लाहीमा धानको बालामा भूस मात्रै देखिएपछि किसानहरु चिन्तित भएका छन् । धानको बालाहरु गुदीविहिन देखिएपछि किसान चिन्तित भएका हुन् ।

इश्वरपुर, श्रीनगरलगायत आसपासका किसानले लागाएको धानमा यस्तो समस्या आएको हो । स्थानीय बिक्रेताबाट किनेको बिऊ रोपेको धानमा यस्तो समस्या आएको राज कुमार महत्तोले बताएका छन् ।

स्थानीय बिक्रेताले राम्रो जातको बिऊ भनेर आफूहरुलाई झुक्याएको उनीहरुको गुनासो छ । कृषिबिज्ञको सल्लाह अनुसार नै मलखाद हालेको भएपनि धानमा गेडा नलागेको किसानहरुले बताएका छन् ।

कृषि ज्ञानकेन्द्र सर्लाहीका प्रमुख कमल देव प्रसाद कुश्वाहाले भने हावापानी अनुकुल विऊ नहुँदा धान नफलेको तर्क गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments