तरकारी तथा फलफूलको आजको मूल्य :स्ट्रबेरी प्रतिकेजी रू.५२५, भुई कटहर प्रति गोटा रू.१२५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ३५, अनार प्रतिकेजी मूल्य २७५, गाजर(लोकल) प्रतिकेजी ११०, आलु रातो प्रतिकेजी मूल्य ३०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ५५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ७५, गोलभेडा सानो(लोकल)५०, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ११० रुपैयाँ, कुरीलो प्रतिकेजी १४५० रुपैयाँ ,कागती प्रतिकेजी ९५ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी २७५, आभोकाडो ३२५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) १९० ,घिउ सिमी(लोकल) ७५ रुपैयाँ, च्याउ डल्ले ३२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी