बजारमा कुरिलोको मूल्य किलोकै ४ हजार देखि ९ हजारसम्म

माग १८ काठमाडौँ । बेमौसमी तरकारी कुरिलो किलोकै २५ सयदेखि ९ हजारसम्म पुगेको छ । बजारमा कुरिलोको मूल्य फरकफरक छ– कतै २५ सय रुपैयाँ किलो त कतै ९ हजारसम्म । बेमौसममा माग बढेकाले महँगो भएको व्यवसायी बताउँछन् । सिजनमा कुरिलो खुद्रा पसलेदखि डिपार्टमेन्टल स्टोरसम्म पाइन्छ । बेमौसम भएकाले पनि यतिबेला जहाँतहीं पाइँदैन ।

कालीमाटी तरकारी बजारस्थित खुद्रा पसलमा कुरिलो किलोकै २५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ । बल्खु तरकारी बजारमा किलोको ८ हजार रुपैयाँ पर्छ । महँगो भएपछि अर्डरअनुसार मात्र कुरिलो ल्याउने गरिएको बल्खु तरकारी बजारकी एक व्यापारीले बताइन् । ‘महँगो छ, सजिलै बेच्न सकिँदैन, त्यसैले अर्डरअनुसार मात्र ल्याउँछौं,’ उनले भनिन्, ‘मैले ल्याउने ठाउँमा ८ हजार रुपैयाँ किलो छ, अफ सिजनको कुरिलो अरू देशकै हो ।’

कोरोना सङ्क्रमितले कुरिलो माग गर्ने भएकाले अहिले माग बढेको तर कुरिलोको अफसिजन भएकाले अभाव छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन अपडेट गर्ने मूल्य सूचीमा कुरिलोको मूल्य अपडेट छैन । बजारमा मूल्य बढेपछि व्यापारीले ‘दुई–चार मुठा ल्याएर बेच्ने, ठूलो परिमाणमा बिक्री वितरण नगर्ने भएकाले अपडेट नगरिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो । अहिले बजारमा आएको कुरिलो स्थानीय उत्पादन नभएकाले मूल्य बढेको हुनसक्ने श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘व्यापारीले भारत र थाइल्यान्ड लगायतका देशबाट ल्याएर बेच्ने गरेका छन् ।’ राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार नेपालमा वार्षिक ११ लाख ५२ हजार किलो कुरिलो उत्पादन हुने गरेको छ ।

भोजपुर, खोटाङ, ओखलढुङ्गा, झापा, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाण्डौ, नुवाकोट, धादिङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, नवलपुर, दाङ, बाँके, बर्दिया, गुल्मी, नवलपरासी, प्युठान, जाजरकोट लगायत कर्णालीको केही क्षेत्रसमेत कुरिलो उत्पादन हुने गरेको छ ।तीमध्ये सबैजसो स्थानीय बजारमा खपत हुन्छ भने उपत्यकाबाट नजिक रहेका जिल्लाको उत्पादन कालीमाटी बजार आइपुग्ने गरेको व्यापारीहरुको भनाइ छ। तपाई सँग कुनै जानकारी मुलक लेख रचना समाचार छन भने हामीलाई पठाउन सक्नु हुने छ  barahionlinekhabar@gmail.com मा हामी तपाइँले पठाउनु भएको सामाग्री लाई उचित स्थान दिने छौ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments