पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते

याङ्गुन । म्यानमारको पश्चिमी सागिङ क्षेत्रमा बुधबार भएको खानी विस्फोटमा एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

म्यानमारको राज्य प्रशासन परिषद्को सूचना टोलीका अनुसार घटना दिउँसो १ बजेतिर भएको हो । उक्त दुर्घटना सागिङ क्षेत्रको अयादाव टाउनशिपमा विद्यार्थी बोकेको एउटा गाडी खानीमा ठोक्किदा भएको हो ।
मारिनेमा अयादव शहरको उच्च माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

अनुसन्धान टोलीले सार्वजनिक गरेको तस्बिरमा बालबालिकाको खुट्टा, हात, छाती र अनुहारमा गम्भीर चोट लागेको देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments